images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सामसङको ग्यालेक्सी एस २४ एफई नेपाली...

सामसङको ग्यालेक्सी एस २४ एफई नेपाली बजारमा

सामसङको ग्यालेक्सी एस २४ एफई नेपाली बजारमा

images
images
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौं, कात्तिक ४, सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ। यसमा एआईबाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषताहरू तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस२४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव पाउन सकिनेछ।

    images
    images

    एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ। ६.७ इन्चको डायनामिक एमोलेड २ह डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेटको साथमा यो गेमिङका लागि एक उत्तम उपकरण बनेको छ।

    ग्यालेक्सी एस२४ एफईले प्रिमियम ग्यालेक्सी एआई र इकोसिस्टम कनेक्तिभिती प्रदान गरी सञ्चार, उत्पादकता र रचनात्मकता बढाउँछ जुन सबै एक प्रतिष्ठित डिजाइनमा र शक्तिशाली सामसङ नोक्सको सुरक्षाको साथ आउँछ।

    images
    images

    ग्यालेक्सी एस२४ एफई नीलो र ग्रेफाइट रंगहरूमा उपलब्ध हुनेछ। जसको मूल्य ९४,९९९ रुपैयाँबाट सुरु हुनेछ। साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई ०५ ब्याज दरमा ४,७५० रुपैयाँ महिनादेखि सुरु हुने गरी सजिलो ईएमआईमा प्राप्त गर्न सकिने छ।

    प्रक्रिया सुरु गरेको एक घण्टा भित्रमा आफ्नो नयाँ ग्यालेक्सी एस२४ एफई लिन सकिनेछ। ३ हजार रुपैयाँसम्मको विशेष बोनससहित आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि परिष्कृत ट्रेड–इन एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend