images

२०८३ आश्विन २ गते

images
images
images

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • ढोरपाटन (बागलुङ), १३ वैशाख । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाल्नुभयो । अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ । हिजोआज रेशगाउँको पहिचान चिया गाउँ बनेको छ ।

    images
    images

    बागलुङको काठेखोला गाउँपालिका–७ मा पर्ने रेशगाउँमा अहिले चियाखेती फैलिँदै गएपछि स्थानीयसमेत यसतर्फ आकिर्षत हुँदै गएका छन् । सात वर्ष अगाडि सुरु गरेको चियाखेती अहिले फस्टाउन थालेपछि गाउँलेले बाँझो जमिनसमेत खनीखोस्री चियाका बिरुवा लगाउन सुरु गरेका छन् । बसाइँसराइ गर्न ठिक्क परेका स्थानीय गाउँमै रोकिएका छन् । गाउँ छेउको चिया बगानले गाउँलेलाई खुसीमात्रै दिएको छैन, आयआर्जनमा पनि टेवा पुर्याउन थालेको छ ।

    विसं २०७६ मा ताराखोला गाउँपालिकाको सिरुबारीबाट करिब ३० हजार बिरुवा ल्याएर परीक्षण लगाइएको थियो । सुरुमा बिरुवा लगाउँदा धेरैलाई आम्दानी गर्न सकिन्छ भन्ने विश्वासै लागेको थिएन । कतिपयले त ‘नहुने काम गर्ने थाले’ भन्थे । तर विस्तारै बिरुवा राम्रो हुँदै गएपछि स्थानीयमा आशा पलाएको थियो । अघिल्लो वर्षदेखि उत्पादन हुन थालेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । अहिले अघिल्लो वर्षको तुलनमा धेरै उत्पादन भएको छ ।

    images
    images

    सुरुमा जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जग्गामा चियाखेती सुरु गरिएको र अहिले गाउँको धेरै खाली जग्गामा चिया लगाइएको छ । अहिले गाउँका खाली जग्गामा रहेको झाडीसमेत फाडानी गरेर चिया लगाइएको वडाध्यक्ष लामिछाने बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “चियाखेती फष्टाएपछि हामी निकै उत्साहित भएका छौँ, हिजोका दिनमा बाँझो बनेको जमिन अहिले चियाले ढाकिएको छ, पैसा फल्न थालेको छ, हामीले गाउँका सबै नागरिकलाई जोड्न थालेका छौँ, चियाले अब बसाइँसराइ पनि रोकिने अपेक्षा लिएका छौँ, अहिले व्यक्तिगत रूपमा धेरैले चियाका बिरुवा लगाउन थाल्नुभएको छ ।”

    रेश साना किसान सहकारी संस्थामार्फत चियाखेती थालिएको थियो । वडाध्यक्ष लामिछानेका अनुसार वर्षको नौ महिना चिया टिप्न सकिन्छ । यस वर्ष दुईपटक टिपेको भन्दै प्रतिकिलो रु दुई हजारमा बिक्री हुने गरेको छ । यस वर्ष रु २० लाखको चिया बिक्री हुने अपेक्षा छ । रेश साना किसान सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले चिया राम्रो उत्पादन भए पनि प्रशोधन गर्ने मेसिनको अभाव हुँदा समस्या भएको बताउनुभयो । 

    उत्पादन भएको चियाका लागि बजारको समस्या छैन । अहिले बागलुङ, पोखरा, काठमाडौँलगायतका बजारमा यहाँको चिया पुग्ने गरेको अध्यक्ष शर्मा बताउनुहुन्छ । अहिले रेश गाउँको टिङरिङ, बौर, फलायडाँडालगायत ३०० रोपनी क्षेत्रमा चियाखेती गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । चियाखेतीमा गाउँका करिब २८० परिवार आबद्ध छन् । 

    जनकल्याण आधारभूत विद्यालयका अध्यक्ष डम्मरबहादुर थापाले चियाखेतीले गाउँमा उत्साह जगाएको बताउनुभयो । विद्यालयको जग्गा धेरै भए पनि झाडीले ढाकिएको स्मरण गर्दै अहिले यहाँबाट पैसा फल्न थालेको उहाँको भनाइ छ । चियाखेतीका लागि गाउँले एकताबद्ध भएर लाग्दा अहिले परिणाम आउन थालेको अध्यक्ष थापाले बताउनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend