images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • पेट्रोल सस्तो, डिजेल–मट्टितेलमा ठूलो कटौती, हवाइ...

पेट्रोल सस्तो, डिजेल–मट्टितेलमा ठूलो कटौती, हवाइ इन्धन महँगियो

पेट्रोल सस्तो, डिजेल–मट्टितेलमा ठूलो कटौती, हवाइ इन्धन महँगियो

images
images
शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • काठमाडौँ, १८ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

    images
    images

    नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँको उल्लेख्य कटौती गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र आपूर्ति अवस्थालाई आधार मानेर मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

    यद्यपि, हवाइ इन्धनको मूल्य भने बढाइएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

    images
    images

    नयाँ दर अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोल २१९ रुपैयाँमा कारोबार भइरहेको थियो। यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य २१८ रुपैयाँबाट घटेर २१६ रुपैयाँ कायम भएको छ।

    यसैबीच, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५० रुपैयाँले बढाइएको छ। अब खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २,१६० रुपैयाँ पुगेको छ।

    मूल्य समायोजनपछि पेट्रोल र डिजेलमा केही राहत देखिए पनि ग्यास र हवाइ इन्धन महँगिँदा उपभोक्तामा मिश्रित प्रभाव पर्ने देखिन्छ। ढुवानी तथा यातायात क्षेत्रमा लागत दबाब केही घट्ने अपेक्षा गरिएको छ।

    निगमले अन्तर्राष्ट्रिय बजारअनुसार स्वचालित मूल्य प्रणालीमार्फत नियमित रूपमा मूल्य समायोजन गर्दै आएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend