images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा...

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • म्याग्दी, २९ वैशाखः जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । धवलागिरि ४ मुदीमा रहेको दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्युत् आपूर्ति नहुँदा मुना, मुदी र लुलाङमा सञ्चार सेवा प्रभावित भएको हो । 

    images
    images

    मुनाका बासिन्दा नमिता पुनले यही वैशाख २२ गतेदेखि टावरमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा स्थानीयलाई सूचना आदानप्रदान गर्न असहज हुनुका साथै गाउँपालिकाको सेवामा पनि असर परेको गुनासो गरेका छन । 

    प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले टेलिकमको टावरमा देखिएको समस्याका कारण इन्टरनेट राम्रोसँग नचलेर योजना तथा आपूर्तिकर्ता र सेवाप्रदायकलाई भुक्तानी गर्न, सूचना आदानप्रदान गर्न समस्या भएको बताऐका छन । 

    images
    images

    वैशाख २२ गते परेको चट्याङका कारण मुदीको डाँडामा रहेको टेलिकमको टावरमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो । टावरको वैकल्पिक विद्युत् आपूर्ति गर्ने ‘ब्याकअप’मा पनि चट्याङ्ले क्षति पुर्‍याएको धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिएका छन । 

    अध्यक्ष पुनले समस्या भएकै दिनदेखि समाधानका लागि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिरहेको बताएका छन ।  प्राविधिक टोलीले समस्या पहिचान गर्न ढिलाइ गरेको भन्दै उनले थप पहलका लागि सरोकार भएका निकायलाई ताकेता गरिरहेको बताएका छन ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend