images

२०८३ आश्विन १ गते

images
images
images
  • विशेष
  • साउन १ देखि नयाँ व्यवस्था लागू...

साउन १ देखि नयाँ व्यवस्था लागू : निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुने

साउन १ देखि नयाँ व्यवस्था लागू : निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुने

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौँ । देशभरिका ‘क’, ‘ख’ र ‘ग’ वर्गका निर्माण इजाजतपत्र (लाइसेन्स) को दर्ता तथा नवीकरण आगामी साउन १ गतेदेखि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत हुने भएको छ । निर्माण व्यवसायीहरूलाई सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कन्ट्र्याक्टर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टममार्फत यो सेवा सुरु गर्न लागेको हो ।नेपाल निर्माण व्यवसायी महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबाहदुर शाहीले यस सम्बन्धी प्राविधिक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । यसअघि इजाजतपत्रको नवीकरण वा दर्ताका लागि कञ्चनपुर, झापा जस्ता दुर्गम तथा टाढाका जिल्लाबाट समेत व्यवसायीहरू भौतिक रूपमै काठमाडौँस्थित मन्त्रालयमा आउनुपर्ने बाध्यता थियो ।

    images
    images

    ‘अनलाइन प्रणाली लागू भएपछि व्यवसायीहरूको अनावश्यक समय र अतिरिक्त खर्च दुवै बचत हुनेछ,’ प्रवक्ता शाहीले भने । उनका अनुसार अब नयाँ दर्ता, इजाजतपत्रको स्तरोन्नति, नवीकरण तथा विदेशी निर्माण कम्पनीहरूको अस्थायी इजाजतपत्रसम्बन्धी सम्पूर्ण कार्य अनलाइनबाटै सम्पादन हुने उल्लेख छ ।यो अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउन मन्त्रालयको पूर्वाधार शाखा र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा महासंघको सचिवालयमा विशेष डेमो तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रममा मन्त्रालयका उच्च अधिकारीहरू र निर्माण व्यवसायीहरूको सहभागिता रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend