images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • दूरसञ्चार प्राधिकरण अध्यक्षको संक्षिप्त सूचीमा ९...

दूरसञ्चार प्राधिकरण अध्यक्षको संक्षिप्त सूचीमा ९ जना, असार २४ मा प्रस्तुतीकरण दिनुपर्ने

दूरसञ्चार प्राधिकरण अध्यक्षको संक्षिप्त सूचीमा ९ जना, असार २४ मा प्रस्तुतीकरण दिनुपर्ने

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि नौ जनाको नाम संक्षिप्त सूचीमा परेको छ। सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको हो।मन्त्रालयका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूमा अर्जुन घिमिरे, अनन्त मान सिंह, अनिल कुमार झा, अमलेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधु सुदन दाहाल, राजिव सुब्बा, सनाउल्लाह खान र सुशिल प्रसाद साह रहेका छन्।

    images
    images

    यी उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी २०७३ असार २४ गते बुधबार सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा हुनेछ। कार्यतालिका अनुसार बिहान ८:१५ बजेदेखि साँझ ५:४५ बजेसम्म विभिन्न समयमा उम्मेदवारहरूलाई बोलाइएको छ।सूचनामा उल्लेख भएअनुसार, उम्मेदवारहरूले आफूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै व्यावसायिक कार्ययोजनाको सफ्टकपी र आवेदनका साथ पेश गरिएका सम्पूर्ण कागजातहरूको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ।यदि उक्त दिन सार्वजनिक बिदा परेमा पनि कार्यक्रम यथावत् सञ्चालन हुने मन्त्रालयले जनाएको छ। प्राधिकरणको नेतृत्व सम्हाल्नका लागि यी ९ प्रतिस्पर्धीमध्येबाट योग्य व्यक्तिको छनोट गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend