काठमाडौँ, २४ असार । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। लगातार घट्दो क्रममा रहेको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५५ रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला ४ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावको प्रभावसँगै पछिल्ला केही दिनदेखि नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ।




.gif)





