images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना...

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • गोरखा, २४ असार । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए।

    images
    images

    ‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामुहिक बिमा कार्यक्रम सुरु गरिएको हो,” उनले भनेयो, ‘‘यसबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुनेछन् ।”

    विद्यार्थीलाई बिमाको दायरामा ल्याउन नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता भएको नगरप्रमुख चिन्तनले बताए । 

    images
    images

    नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सम्भावित दुर्घटना र त्यसबाट पर्नसक्ने आर्थिक जोखिम न्युनीकरणका लागि बिमा कार्यक्रम लागू गरिएको स्पष्ट पारेको छ । यसबाट सामुदयिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन मद्दत पुग्ने नगरप्रमुख चिन्तनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend