काठमाडौं, २६ असार । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभावसँगै नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ७० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार ५ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका आधारमा नेपालमा सुन तथा चाँदीको दैनिक मूल्य निर्धारण हुँदै आएको छ।




.gif)





