images

२०८३ आश्विन २ गते

images
images
images
अर्थसमाचार संवाददाता

नेपालमा दिगो मत्स्य विकासको ठूलो सम्भावना

नेपालमा दिगो मत्स्य विकासको ठूलो सम्भावना

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौँ । नेपालमा दिगो मत्स्यपालन र परमाकल्चरमा आधारित कृषि प्रणालीको विकासले खाद्य सुरक्षा, किसानको आम्दानी वृद्धि तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउन सक्ने सम्भावना रहेको औंल्याइएको छ।

    images
    images

    नेपालको पहिलो अन्तर्राष्ट्रिय परिकारसम्बन्धी खाद्य शब्दकोश फालाङ फुड डिक्सनरीका लेखक शिव न्यौपानेका अनुसार नेपाल नदी, ताल, पोखरी तथा अनुकूल हावापानीजस्ता प्राकृतिक स्रोतले सम्पन्न भएकाले ताजा पानीको मत्स्यपालन विस्तार गर्ने पर्याप्त आधार छ। उनले मत्स्यपालनलाई परमाकल्चर तथा दिगो कृषि प्रणालीसँग एकीकृत गर्न सके कृषि उत्पादनमा विविधीकरण, ग्रामीण रोजगारी सिर्जना, किसानको आम्दानी वृद्धि तथा परिवारको पोषणस्तर सुधार गर्न सकिने बताएका छन्।

    उनका अनुसार स्थानीय स्तरमा उत्पादन भएको ताजा माछाको उपभोगले ढुवानी तथा भण्डारण लागत घटाउनुका साथै स्थानीय किसान र खाद्य प्रणालीलाई समेत सुदृढ बनाउन सहयोग पुग्छ। आधुनिक शीत भण्डारण प्रविधिले माछा सुरक्षित राख्न सहज बनाए पनि ताजा माछाको स्वाद र पोषण गुण अझ प्रभावकारी रहने उल्लेख गरिएको छ।

    images
    images

    मत्स्य क्षेत्रको दिगो विकासका लागि आधुनिक प्रविधि, प्राविधिक तालिम, गुणस्तरीय भुरा उत्पादन, बजार पहुँच र आवश्यक पूर्वाधारमा लगानी आवश्यक रहेको विज्ञहरूको भनाइ छ। साथै, उत्पादन वृद्धिसँगै पानीको गुणस्तर, जैविक विविधता तथा प्राकृतिक जलाशयको संरक्षणलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

    विज्ञहरूका अनुसार सन्तुलित नीति, वैज्ञानिक योजना र वातावरणमैत्री अभ्यासमार्फत मत्स्यपालन प्रवर्द्धन गर्न सके नेपालले आयातित माछामाथिको निर्भरता घटाउँदै कृषि क्षेत्रलाई थप आत्मनिर्भर, प्रतिस्पर्धी र दिगो बनाउन महत्वपूर्ण सफलता हासिल गर्न सक्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend