images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • वार्षिक ७० लाख आम्दानी गर्दै कृषक...

वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ

वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • अहिले मुलुकका धेरै युवा वैदेशिक रोजगारका लागि विदेश गएका छन् । उनीहरु आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा सम्पन्न सहरमा बसाइँ सर्छन् । गाउँमा रहेका जग्गाजमिन बाँझै छाडेर सहरकेन्द्रित हुन्छन् । सहरमा घडेरी किन्छन्, घर बनाउँछन् र बस्छन् । मोजमस्तीको वहानामा विदेशमा कमाएका पैसा अनुत्पादनक क्षेत्रमा नै खर्चन्छन् । तर, इलामको चुलाचुली गाउँपालिका–१ चौबिसेका सन्देश नेम्वाङ भने त्यस्ता युवा हुनुहुन्छ, जसले विदेशमा कमाएको पैसा उत्पादनमूलक क्षेत्रमा नै लगानी गर्नुभएको छ । पाँच वर्ष दक्षिण कोरियामा कमाएको पैसा गाउँमा कृषि तथा पशुपालन व्यवसायमा लगाउनुभएको छ ।उहाँले २०७६ सालमा ‘साम्बाङ एग्रो फार्म’ दर्ता गरी कृषि तथा पशुपालन व्यवसाय सुरु गर्नुभएको हो । सुरुमा रु २५ लाखको लगानीबाट  व्यवसाय सुरु गरेकामा अहिले त्यो फस्टाएर व्यावसायिक कृषक नेम्वाङले करोडौँको जायजेथा जोडन सफल हुनुभएको छ ।

    images
    images

    उहाँले आफनो दुई बिघा र १५ बिघा जमिन भाडामा लिएर कोरियमा देखेको कृषि प्रविधिको सीपलाई उपयोग गरिरहनुभएको छ । नेम्वाङले वार्षिक रु ७० लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले आठ वर्षदेखि कृषि र पशुपालन व्यवसाय संयुक्त रुपमा गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “हामी धेरै स्वदेशको महत्व नबुझेर पनि विदेश गइरहेका छौँ । विदेशमा गर्ने दुःख आफ्नै माटोमा गर्न सक्ने हो भने कृषि र पशुपालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने रहेछ ।” उहाँको गोठमा अहिले पशुपादनतर्फ १७  भैँसी र सात गाई छ । जसमध्ये ११ माउ लैना भैँसी र चार माउ लैना गाई छन् । चार वटा भैँसी र तीन  वटा गाई ब्याउने छन् ।नेम्वाङले दैनिक १२० देखि १२० लिटरसम्म दूध बेच्दै आउनुभएको छ । त्यहाँ उत्पादित दूत स्थानीय अन्नपूर्ण कृषि सहकारी संस्था र नेपाल बहुउद्देशीय सहकारी संस्थामा बिक्री हुँदैआएको छ । गाईको दूत प्रतिलिटर रु ६५ र भैँसीको दूत प्रतिलिटर रु ९० मा बिक्री हुँदैआएको छ । ‘उत्पादित दूत सहरकीले फ्याटका आधारमा खरिद गर्ने गरेको छ । उहाँले भन्नुभयो, “लगानीअनुसार दूतको मूल्य चाँही अलि बढाउन पाए राम्रो हुन्थ्यो ।”

    पछिल्लो समय उहाँले मासु उत्पादनको तयारी थाल्नुभएको छ ।  मासु उत्पादनका लागि राँगापालन सुरु गर्नुभएको छ । नेम्वाङको फार्ममा एक दर्जन साना राँगा समेत छन् । पशुपालनका लागि उहाँले पाँच बिघा जनिनमा सुपर नेपिरयर जातको आधुनिक घाँस लगाउनुभएको छ । गाईभैँसीबाट उत्पादित गोबर मल कृषि व्यवसायमा नै प्रयोग हुने भएकाले दोहोरो फाइदा भएको उहाँको भनाइ छ ।कृषितर्फ उहाँले तरकारी १० बिघामा टमाटर, तितेकरेला, सिमी, बोडी, घिरौँला, काँक्रा, बैगुन, खुर्सानीलगायतका तरकारी बाली लगाउनुभएको छ । त्यहाँ उत्पादित तरकारी भने झापाको दमकमा खपत हुँदै आएको छ । व्यापारिले फार्मबाट नै खरिद गरेर लैजाने गरेका छन् । कोरियामा कमाएको पैसा गाउँमा नै कृषि तथा पशुपालन क्षेत्रमा लगानी गरेर उहाँ आफू मात्र स्वरोजगार बन्नुभएको छैन, पाँच जना युवालाई रोजगारी दिनुभएको छ । उनीहरुलाई खान र बस्न सुविधानसहित जनही मासिक रु २० हजार तलब भत्ता दिनुभएको छ ।उहाँको फार्ममा अहिले मासिक रु सात लाखको कारोबार हुँदैआएको नेम्बाङले बताउनुभयो । विदेशबाट कमाएको पैसा गाउँमा नै लगानी गरेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन गाउँमा नै कृषि र पशुपालन व्यवसाय सञ्चालन गरेको नेम्वाङको भनाइ छ । 

    images
    images

    व्यवसायमा सरकारको सहयोग 

    उहाँको कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धनका लागि सङ्घीय सरकार र प्रदेश सरकारको समेत सहयोग छ । आर्थिक वर्ष २०७७÷०७८ मा कृषि ज्ञान केन्द्र इलामले तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत टनेल व्यवस्थानका लागि ५० प्रतिशत साझेदारीमा रु चार लाख उपलब्ध गरायो । आर्थिक वर्ष २०७९÷०८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट तरकारी पकेट कार्यक्रमअन्तर्गत ५० प्रतिशत साझेदारीमा रु आठ लाख उपलब्ध भएको थियो । दुवै अनुदानबाट व्यवसाय प्रवर्द्धनमा सहयोग पुगेको उहाँले बताउनुभयो । ‘सुरुमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाबाट राम्रै सहयोग पाएको थिएँ । त्यसबाट व्यवासाय प्रवर्द्धनमा राम्रो मद्दत मिल्यो”, उहाँले भन्नुभयो, “उद्यममा लागेका युवालाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।”

    बजार सहज, मूल्य अस्थिरता समस्या

    कृषि तथा पशुपालन व्यवसायका लागि बजारको कुनै समस्या नरहेता पनि  मूल्य अस्थिरता मुख्य समस्या रहेको उहाँ बताउनुहुन्छ । उत्पादन गरिएको वस्तु बिक्रीका लागि व्यापारी फार्ममा नै आउन  भएकाले बजारको समस्या नरहे तापनि मूल्यस्थिर नहुने कारणले किसान समस्यामा पर्ने गरेको उहाँको भनाइ छ ।पछिल्लो समय युवा विदेश पलायन भइरहेकाले त्यसलाई रोक्ने र स्वदेशमा नै व्यासाय गर्ने नीति राज्यले निर्माण गर्न पर्ने उहाँको सुझाव छ ।

    कृषकलाई प्रोत्साहन गर्ने चुलाचुलीको योजना

    चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । उहाँले आउँदो वर्ष पनि व्यावसायिक कृषि कर्ममा लागेका युवालाई प्रोत्साहन गर्न कृषिसँग सम्बन्धित मेसिनरी औजार वितरण, पशु प्रवर्द्धन पकेट कार्यक्रम, तरकारी पकेट कार्यक्रम, सामग्री वितरण, बीउबिजन वितरणलगायतका अनुदानका कार्यक्रम ल्याइने बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend