images

२०८३ आश्विन २ गते

images
images
images

मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन

मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन

images
images
शनिवार, श्रावण २ २०८३
शनिवार, श्रावण २ २०८३
  • जनकपुरधाम, २ साउन । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    अर्थ मन्त्रालयका अनुसार गत आवमा रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । जसमध्ये आन्तरिक राजस्व सङ्कलन रु पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रहेको अर्थमन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यले जानकारी दिएका छन्। 

    प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशनबाट रु एक अर्ब ७७ करोड ९५ लाख २२ हजार र सवारीसाधन करबाट रु दुई अर्ब २७ करोड ८० लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा सवारीचालक अनुमतिपत्र वितरण तथा सवारी दर्ता दस्तुरबाट रु ७९ करोड ५६ लाख २९ हजार, यातायात क्षेत्रको आम्दानीबाट रु १२ करोड ६३ लाख ९२ हजार, दहत्तर बहत्तरको बिक्रीबाट रु २० करोड १५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ ।  

    images
    images

    प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ८६ करोड ८५ लाख छ हजार, अन्तःशुल्क करबापत रु तीन अर्ब २० करोड ४३ लाख ९१ हजार प्राप्त गरेको छ । 

    त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु सात अर्ब छ करोड १६ लाख ७८ हजार, सशर्त अनुदान चालुतर्फ रु दुई अर्ब १७ करोड २७ लाख ७२ हजार, सशर्त पुँजीगततर्फ रु एक अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त भएको तथ्याङ्क अधिकृत आचार्यले बताएका छन्। 

    आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत  राजस्व सङ्कलन हुन नसकेको अर्थमन्त्रालयका सूचना अधिकारी अंशकुमार झाको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend