images

२०८३ आश्विन २ गते

images
images
images

गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन

गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन

images
images
शनिवार, श्रावण २ २०८३
शनिवार, श्रावण २ २०८३
  • नेपालगञ्ज, २ साउन । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२।८३ मा रु २० अर्ब ११ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व सङ्कलन भएको हो । 
     
    “राजस्व सङ्कलन अघिल्लो आवको तुलनामा गत आवमा केही घटेको छ, तर अपेक्षाभन्दा कम घटेको छ”, उनले भने, “पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चिनी निकासीमा लगाएको प्रतिबन्धलगायतका कारणले राजस्व कम भएको हो ।”
     
    कार्यालयका अनुसार आव २०८१।८२ मा रु २० अर्ब २८ करोड ५१ लाख ८१ हजार राजस्व सङ्कलन भएकामा आव २०८०।८१ मा रु १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन भएको थियो । 

    images
    images

    नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ । साथै जडीबुटी लगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend