images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • बाँके यातायात कार्यालयका सेवा बन्द, साउन...

बाँके यातायात कार्यालयका सेवा बन्द, साउन ८ पछि मात्र आउन आग्रह

बाँके यातायात कार्यालयका सेवा बन्द, साउन ८ पछि मात्र आउन आग्रह

images
images
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौं । यातायात व्यवस्था कार्यालय, बाँकेले डाटाबेस माइग्रेसन तथा नयाँ कर दररेट प्रणाली प्रविष्टि (इन्ट्री) र मिलानको काम भइरहेकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई साउन ८ गतेपछि मात्रै कार्यालयमा आउन अनुरोध गरेको छ।

    images
    images

    कार्यालयले आइतबार जारी गरेको सूचनाअनुसार यातायात सम्बन्धी विभिन्न प्रणालीलाई थप सेवाग्राहीमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले डाटाबेस माइग्रेसनसँगै प्रदेश सरकारले निर्धारण गरेको नयाँ कर दररेट प्रणालीमा प्रविष्टि तथा मिलानको काम भइरहेको छ।

    उक्त प्रक्रिया पूरा हुन करिब एक सातासम्म समय लाग्ने भएकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई केही दिन प्रतीक्षा गरी साउन ८ गतेपछि मात्र कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

    images
    images

    कार्यालयका अनुसार प्रणाली अद्यावधिकका क्रममा सवारी दर्ता, नवीकरण, नामसारी, चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका यातायात सम्बन्धी सेवामा अस्थायी रूपमा प्रभाव पर्न सक्ने भएकाले अनावश्यक भीड कम गर्न यस्तो सूचना जारी गरिएको हो।

    यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख टंकनाथ खनालद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रवाहमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरिएको छ।

    कार्यालयले यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंले पनि साउन ४ गते यही विषयमा सार्वजनिक अनुरोध जारी गरिसकेको उल्लेख गर्दै सोहीअनुसार सेवाग्राहीलाई जानकारी गराइएको जनाएको छ।

    कार्यालयका अनुसार प्रणाली अद्यावधिक सम्पन्न भएपछि सेवा प्रवाह अझ छिटो, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ। साथै आवश्यक जानकारीका लागि कार्यालयबाट प्रकाशित आधिकारिक सूचनालाई आधार मानी मात्र कार्यालयमा सम्पर्क गर्न सेवाग्राहीलाई अनुरोध गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend