images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व...

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो ।कार्यालयले अघिल्लो आवमा रु २५ अर्ब नौ करोड सात लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार गत वर्ष आन्तरिक राजस्व विभागले रु ३१ अर्ब पाँच करोड लक्ष्य दिएको थियो । अघिल्लो आवमा लक्ष्य रु २६ अर्ब ६० करोड रहेको थियो । गत वर्ष यहाँको एउटा मदिरा उद्योग बन्द हुँदा ठूलो राजस्व गुमेको छ । सो उद्योगले अघिल्लो आवमा रु एक अर्ब राजस्व भुक्तानी गरेको थियो ।खड्काका अनुसार गत वर्ष मदिराजन्य वस्तुको अन्तःशुल्क नबढेको, कतिपय प्लास्टिकका बोतललगायतमा अन्तःशुल्क हटेको, बढी अन्तःशुल्क तिर्ने कोकाकोलाको खपत घटेकोलगायतका कारणले राजस्वको लक्ष्यमा पुग्न नसकेको हो । त्यसैगरी, पूर्ण कर परीक्षणका विषयमा सरकारले नरम नीति लिएर भदौ २३ अघि पत्र जारी भएका र चार वर्ष म्याद पुगेकाको मात्र परीक्षण गरिएको उनले जानकारी दिए । अन्यको हकमा हालका लागि स्थगित गरिएको थियो । हरेक वर्ष कर छुट पाइन्छ भन्ने मानसिकताका कारण पनि समयमा बक्यौता नतिर्दा राजस्व सङ्कलनमा कमी भएको उनले बताए ।

    images
    images

    कार्यालयले अग्रिम करकट्टी ४९ वटा करदाताको गरेको, १९७ वटा बजार अनुगमन गरेको, २४ वटा करदाता शिक्षा कार्यक्रम गरेको थियो । करदाता शिक्षाले मूल्य अभिवृद्धि करतर्फ रु ५६ करोड ५० लाख बक्यौता सङ्कलन भएको थियो । जुन लक्ष्यको १९८ प्रतिशत हो । आयकर भने रु पाँच करोड ४१ लाखमात्र सङ्कलन भयो । यो १३ प्रतिशतमात्र हो । रु ४१ करोड बक्यौता आयात करमा उठाउने लक्ष्य कार्यालयको थियो । रु २१ करोड ४५ लाख बेरुजु फर्छ्योट गरिएको उनले जानकारी दिए । कार्यालयमा हाल ७४ हजार करदाता रहेका छन् ।कार्यालयबाहेक जिल्लाका छ पालिकामा पनि करदाता सेवा दिने गरिएको छ । भरतपुर महानगरपालिकाबाहेकका पालिकाहरूले पान नम्बर वितरण, विवरण संशोधन, दर्ता खारेजी निवेदन, मूल्य अभिवृद्धि करको निवेदन दर्तालगायतका राजस्व सङ्कलनसँग सम्बन्धित काम गर्छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend