images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा...

कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी

कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • महेन्द्रनगर, ६ साउन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरुप वार्षिक राजस्व सङ्कलन गर्न सकेन ।
     
    गत आर्थिक वर्ष २०८२।०८३ मा रु ६९ करोड दुई लाख ८६ हजार वार्षिक राजस्व सङ्कलनको लक्ष्य लिएकोमा रु ६० करोड नौ लाख ६२ हजार राजस्व जम्मा भएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टले जानकारी दिएका छन्। 
     
    “लक्ष्यभन्दा १३ प्रतिशतले कम राजस्व जम्मा भयो”, सूचना अधिकृत भट्टले भने, “तोकिएकोमा ८७.५ प्रतिशत राजस्व जम्मा भएको छ ।” उनले गत जेठमा करको दरमा गरिएको कडाइ र वनबासा पुल सीमित समय मात्रै खुल्ने भएका कारण राजस्व सङ्कलनमा प्रभावित हुने गरेको बताएका छन्। 
     
    यहाँबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इलेक्ट्रिक सामान, भाँडाकुँडा, कृषि सामग्रीलगायतका वस्तु आयात र अदुवालगायतका मालसमान भारत निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend