images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा...

रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन

रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • गण्डकी, ८ साउन । कास्कीको रुपा गाउँपालिकाले कृषि तथा पशु सेवा शाखा कार्यालयका लागि छुट्टै भवन निर्माण गरेको छ । गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा नवनिर्मित उक्त भवनको बिहीबार गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्घाटन गरेका छन् ।

    images
    images

    सो अवसरमा उनले गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताएका छन् ।

    कृषि तथा पशु सेवा शाखा प्रमुख पशु चिकित्सक सुशील अर्यालले सुविधासम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाह थप प्रभावकारी र सहज हुने बताएका छन् ।

    images
    images

    किसानले अब एउटै थलोबाट सहज रूपमा कृषि तथा पशुसम्बन्धी सेवा प्राप्त गर्ने उहाँको भनाइ छ । सोही भवनबाट कृषि र पशु सेवासम्बन्धी प्रयोगशालाको सुविधा उपलब्ध हुने जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend