images

२०८३ आश्विन २ गते

images
images
images

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • भद्रपुर (झापा), १२ साउन । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२।०८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै ३०२ वटा सेवामूलक उद्योग रहेका छन् । त्यसैगरी १४७ वटा उत्पादनमूलक, १३३ वटा कृषि तथा वनजन्य, तीन वटा सूचना प्रविधिसम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् ।

    कार्यालयले संकलन गरेको कूल राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट रु एक करोड ९८ लाख १४ हजार ५०, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट रु ४२ लाख ८२ हजार १०० तथा सरकारी सम्पत्तिको बिक्रीबाट रु ६५ हजार प्राप्त भएको सूचना अधिकारी भट्टराईले जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend