images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सिटिजन लाइफको बीमा सेवा ३ दिन...

सिटिजन लाइफको बीमा सेवा ३ दिन अवरुद्ध हुने

सिटिजन लाइफको बीमा सेवा ३ दिन अवरुद्ध हुने

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा ३ दिन अवरुद्ध हुने भएको छ। कम्पनीको भोलि साउन १४ गते राति ८ बजेदेखि साउन १८ बिहान ८ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो। साउन १८ गते बिहान ८ बजेपछि पुनः बीमा सेवा सुचारु हुने कम्पनीले जनाएको छ।कम्पनीले ग्राहकलाई सहज, सरल तथा सुलभ ढंगले जीवन बीमा सेवा प्रदान गर्न हाल प्रयोग गर्दै आएको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम–आईसोलुसन’लाई थप सुदृढ एवं परिमार्जन गरी आईसोलुसन भर्सन नेक्स्टमा प्रतिस्थापन गर्न लागेकोले ती दिनमा सेवा अवरुद्ध हुने भएको हो। सो अवधिमा कम्पनीको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा तथा उपशाखा कार्यालयहरुबाट भौतिक रुपमा प्रवाह हुने बीमालेखसँग सम्बन्धित सेवाहरु, डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी, मोबाइल एप तथा ग्राहक एवं अभिकर्ता पोर्टल अवरुद्ध हुने कम्पनीले जनाएको छ।

    images
    images

    सेवा अवरुद्धबाट ग्राहकमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ। यसका साथै कारोबार अवरुद्ध हुने अवधिमा अन्तिम दिन परी नवीकरण बीमाशुल्क भुक्तानीमा विलम्बशुल्क लाग्ने भएका बीमालेखहरुको नवीकरण बीमाशुल्क साउन २० गते (बुधबार)सम्म भुक्तानी गर्दा विलम्ब शुल्क नलाग्ने व्यवस्था गरिने कम्पनीले जनाएको छ। यसका साथै साउन १८ गते सोमबार बिहान ८ बजेदेखि नयाँ आईसोलुसन भर्सन नेक्स्टको कार्यान्वयनपछि सम्पूर्ण ग्राहकलाई सहज, सरल, सुलभ र थप सुरक्षित तरबले जीवन बीमा सेवा प्रदान गर्दै जाने कम्पनीले प्रतिबद्धता पनि गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend