images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक...

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • सियोल । कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा ऐतिहासिक वित्तीय प्रदर्शन गरेको छ।कम्पनीको परिचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा करिब १९ गुणाले बढेर ८९५ खर्ब वोन पुगेको छ। यो वार्षिक आधारमा करिब १ हजार ८०० प्रतिशतको वृद्धि हो।मसुङले अप्रिलदेखि जुनसम्मको अवधिमा कुल राजस्व १ हजार ७१५ खर्ब वोन पुगेको जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा १३० प्रतिशत बढी हो। सो अवधिमा कम्पनीको खुद नाफा पनि करिब १ हजार ३०० प्रतिशतले बढेर ७१६ खर्ब वोन पुगेको छ।कम्पनीका अनुसार एआई डाटा सेन्टरका लागि प्रयोग हुने उच्च–ब्यान्डविथ मेमोरी (एचबीएम) चिपको माग तीव्र रूपमा बढ्दा मेमोरी व्यवसायले उत्कृष्ट प्रदर्शन गरेको हो। एआई प्रोसेसरमा च्याटबोट सञ्चालन, जटिल गणना तथा उच्च गुणस्तरका तस्बिर निर्माणजस्ता कार्यका लागि एचबीएम चिप अत्यावश्यक मानिन्छ।

    images
    images

    तर बलियो वित्तीय नतिजाका बाबजुद एआई क्षेत्रमा भइरहेको तीव्र लगानी दीर्घकालीन रूपमा टिकाउ हुने वा नहुने विषयमा लगानीकर्ताबीच चिन्ता देखिएको छ। यही कारण दक्षिण कोरियाली सेयर बजारमा एआईसँग सम्बन्धित कम्पनीका सेयरमा बिक्री दबाब देखिएको छ।बुधबार सामसुङको सेयर मूल्य १२ प्रतिशतभन्दा बढी घटेको थियो भने प्रमुख प्रतिस्पर्धी एसके हाइनिक्सको सेयर पनि करिब २० प्रतिशतले ओरालो लागेको थियो। पछिल्लो एक महिनामा रेकर्ड उचाइमा पुगेको एसके हाइनिक्सको बजार मूल्य समेत उल्लेख्य रूपमा घटेको छ।एसके हाइनिक्सले पनि दोस्रो त्रैमासिकमा राम्रो आम्दानी गरेको भए पनि नतिजा विश्लेषकहरूको अपेक्षाभन्दा कमजोर रहेको बताइएको छ।विश्व बजारमा सामसुङ, एसके हाइनिक्स र अमेरिकी कम्पनी माइक्रोन उच्चस्तरीय एचबीएम चिपका प्रमुख उत्पादक हुन्। एआईको विस्तारसँगै यी चिपको माग बढ्दै गएको छ।सामसुङले आगामी महिनामा पनि सर्भरसम्बन्धी उत्पादनको माग बलियो रहने अपेक्षा गरेको छ। पूर्वाधार विस्तार, एआईमा बढ्दो लगानी र प्रयोगकर्ताको निर्देशनअनुसार स्वतन्त्र रूपमा काम गर्न सक्ने ‘एजेन्ट एआई’ प्रविधिको विस्तारले बजारलाई थप गति दिने कम्पनीको अनुमान छ।

    सामसुङका प्रमुख वित्तीय अधिकारी पार्क सून–चोलले विश्वव्यापी मेमोरी चिप अभाव सन् २०२७ मा अझ गहिरिन सक्ने र यसको प्रभाव सन् २०२८ सम्म रहने अनुमान गरेका छन्।कम्पनीले अमेरिकाको टेक्सासस्थित टेलरमा निर्माणाधीन पहिलो चिप उत्पादन केन्द्र यसै वर्ष सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। दोस्रो उत्पादन केन्द्रको निर्माण पनि सुरु गर्ने र सन् २०३० सम्म पूर्ण व्यावसायिक उत्पादनमा लैजाने लक्ष्य राखिएको छ।विश्लेषकहरूका अनुसार एआईको तीव्र विस्तारले एचबीएम चिपसँगै परम्परागत न्यान्ड र ड्रम मेमोरी चिपको मूल्य तथा मागमा समेत वृद्धि गराएको छ।बजार अनुसन्धान संस्था काउन्टरपोइन्टका विश्लेषक एमएस ह्वाङका अनुसार सामसुङले मेमोरी क्षेत्रमा आफ्नो बलियो उपस्थितिको उपयोग गर्दै अन्य प्रविधि क्षेत्रमा पनि बजार विस्तार गरिरहेको छ।हालै सामसुङले अमेरिकी चिप निर्माता ब्रोडकमसँग रणनीतिक सहकार्य गरी उन्नत मेमोरी समाधान विकास गर्ने घोषणा गरेको छ। यो सहकार्यको सम्भावित मूल्य सन् २०३० सम्म २ खर्ब अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ।

    images
    images

    विश्लेषकहरूका अनुसार यो सहकार्यले सामसुङलाई एनभिडियामा मात्र निर्भर नरही अन्य एआई चिप उत्पादकसँग पनि दीर्घकालीन सम्बन्ध विस्तार गर्न सहयोग गर्नेछ।यसैबीच, सामसुङले अमेरिकी सेयर बजारमा सूचीकृत हुने सम्भावनासम्बन्धी चर्चालाई अस्वीकार गरेको छ। कम्पनीले बलियो नगद प्रवाह रहेकाले तत्काल पूँजी संकलनको आवश्यकता नरहेको स्पष्ट पारेको छ।दक्षिण कोरियाली सरकारले पनि सेमिकन्डक्टर उद्योगको विस्तारलाई आर्थिक अवसरका रूपमा लिएको छ। राष्ट्रपति ली जे म्युङले चिप उद्योगमा भइरहेको विस्तारलाई नयाँ लगानीको अवसरका रूपमा व्याख्या गरेका छन्।सरकारले सामसुङ र एसके हाइनिक्सले ग्वाङ्जु क्षेत्रमा चारवटा अत्याधुनिक चिप उत्पादन केन्द्र स्थापना गर्न संयुक्त रूपमा ८ हजार खर्ब वोन लगानी गर्ने योजनालाई पुष्टि गरेको छ।तर विश्लेषकहरूले विश्वव्यापी सेमिकन्डक्टर चक्र अपेक्षाभन्दा छिटो कमजोर भएमा अहिलेको तीव्र वृद्धि चुनौतीमा पर्न सक्ने चेतावनी दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend