काठमाडौं । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले फाइबर टु द होम (एफटिटिएच) सेवाका ग्राहक संख्या ११ लाख पुगेको दाबी गरेको छ। कम्पनीले यससँगै नेपालको एफटिटिएच बजारमा करिब ३५ प्रतिशत हिस्सा ओगटेको जनाएको छ।कम्पनीका अनुसार सन् १९९५ मा इमेल सेवाबाट व्यवसाय सुरु गरेको वल्र्डलिंकले सूचना तथा सञ्चार प्रविधिको विकाससँगै आफ्नो सेवा विस्तार गर्दै आएको छ। डायल–अप, केबल र वायरलेस इन्टरनेट हुँदै सन् २०१५ देखि एफटिटिएच सेवा सञ्चालनमा ल्याएको कम्पनीले त्यसयता देशभर उच्च गतिको इन्टरनेट पहुँच विस्तार गरेको जनाएको छ।
ग्राहकलाई थप गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले हालै वाइफाई–६ प्रविधि सञ्चालनमा ल्याएको पनि जनाएको छ। कम्पनीका अनुसार यस प्रविधिले उच्च गतिको इन्टरनेट, फराकिलो कभरेज, न्यून विलम्बता तथा एकैपटक धेरै उपकरण जोडिँदा पनि प्रभावकारी कार्यसम्पादन गर्न सहयोग गर्छ।वल्र्डलिंकले आफ्नो सेवा हाल ७४ जिल्लामा विस्तार भएको जनाएको छ। हिमाली क्षेत्रदेखि तराईसम्म तथा जुम्लादेखि अन्नपूर्ण आधार शिविरसम्म एफटिटिएच सेवा पुर्याएर डिजिटल पहुँच विस्तार र डिजिटल समावेशीकरणमा योगदान दिएको कम्पनीको दाबी छ।कम्पनीका अनुसार ३१ वर्षभन्दा लामो सेवायात्रामा गुणस्तरीय सेवा, नयाँ प्रविधि, ग्राहक अनुभव र सुदृढ नेटवर्क पूर्वाधारका कारण लाखौं ग्राहकको विश्वास प्राप्त भएको छ। ११ लाख ग्राहकको उपलब्धि व्यावसायिक सफलतामात्र नभई ग्राहक, कर्मचारी, साझेदार तथा सरोकारवालाबाट प्राप्त विश्वासको प्रतिफल भएको कम्पनीले जनाएको छ।
यस अवसरमा कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, व्यावसाक साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि नवीन प्रविधि, सेवा गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै नेपालको डिजिटल रूपान्तरणमा योगदान गर्ने प्रतिबद्धता दोहोर्याएको कम्पनीले जनाएको छ।




.gif)





