images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • चिया तथा कफी क्षेत्रको सुधारका लागि...

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

images
images
शनिवार, श्रावण १६ २०८३
शनिवार, श्रावण १६ २०८३
  • काठमाडौँ, १६ साउन । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

    images
    images

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहेका मन्त्री चौधरीले शुक्रबार कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरेका छन् । बैठकमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवद्र्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको थियो । 

    मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसानमैत्री बनाउने दिशामा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनःसंरचनाको मोडालिटीलाई अन्तिम रूप दिई दुई हप्ताभित्र प्रतिवेदन पेश गर्न मन्त्री चौधरीले निर्देशन दिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend