images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • ग्यासको आपूर्ति नियमित छ, अभाव नभएको...

ग्यासको आपूर्ति नियमित छ, अभाव नभएको निगमको भनाई

ग्यासको आपूर्ति नियमित छ, अभाव नभएको निगमको भनाई

images
images
शनिवार, श्रावण १६ २०८३
शनिवार, श्रावण १६ २०८३
  • काठमाडौँ, १६ साउन । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ।

    images
    images

    निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ः०० देखि अपराह्न ५ः०० बजेसम्म १४ दशमलव दुई केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन् । 

    गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् । 

    images
    images

    “ग्यासको अभाव होइन, मागअनुसारको ग्यास आपूर्ति भइरहेको छ, सात दशमलव एक किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव दुई किलोमा ‘स्वीच’ हुँदा तत्काल समस्या देखिएको हो”, प्रवक्ता ठाकुरले भने, “बढीमा एक सातामा ग्यासको बिक्रीवितरण सहज हुनेछ ।”

    निगमले माग अनुसारको ग्यास आयत भइरहेको दाबी गरेपनि  उपभोक्ताले सहजै ग्यास पाउन नसकेको गुनासा गरेका छन् । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ। अधिकांश बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन् । 

    काठमाडौँको बालाजु क्षेत्रमा बसोबास नवराज पोखरेलले केहीदिनदेखि सहज रूपमा ग्यास नपाएको गुनासो गरेका छन् । “ग्यास पसलमा जाँदा उद्योगबाट ग्यास नआएको भनेकाले नाम टिपाएर आएको छु। एक–दुई दिनमा ग्यास आएपछि पसलेले पठाउँछु भनेका छन्”, उनले भनेका छन् । 

    एलपी ग्यासको आयात तथा बिक्रीवितरण नियमित भइरहेको जनाउँदै निगमले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । उपभोक्ताबाट बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आइरहेकातर्फ उद्योगीको ध्यानाकर्षण गराउँदै निगमले ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको छ ।

    निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन तथा खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी ग्यासको बिक्री व्यवस्थित बनाउन बिक्रेतालाई अनुरोध गरेको छ । दैनिक रूपमा मागअनुसार ग्यासको आपूर्ति भइरहेको स्पष्ट पार्दै निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend