images

२०८३ आश्विन २ गते

images
images
images

हिमालयन लघुवित्तको नाफा ४९.१८% बढ्यो

हिमालयन लघुवित्तको नाफा ४९.१८% बढ्यो

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षमा कमाएको ७ करोड १४ लाख रुपैयाँभन्दा ४९.१८ प्रतिशतले बढी हो।गत वर्षमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३७ करोड ९ लाख रुपैयाँबाट ४४ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४२ करोड ३९ लाख रुपैयाँबाट साढे ४९ करोड रुपैयाँ पुगेको छ।

    images
    images

    कम्पनीको ईपीएस २२.३४ रुपैयाँबाट ३१.२६ रुपैयाँ पुगेको छ भने एनपीएल ७.४८ प्रतिशतबाट ९.०४ प्रतिशत पुगेको छ। बेसरेट १२.७२ प्रतिशतबाट ११.७० प्रतिशतमा झरेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६२.५२ रुपैयाँ रहेको छ।चुक्ता पूँजी ३४ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा १५ करोड ३६ लाख रुपैयाँ सञ्चिति रहेको छ भने वितरणयोग्य मुनाफा ९ करोड २५ लाख रुपैयाँ रहेको छ। कम्पनीले ४ अर्ब ९६ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब २७ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend