images

२०८३ आश्विन २ गते

images
images
images

चार अर्ब ९१ करोडभन्दा बढीको कच्चा जुट आयात, स्वदेशी उत्पादन संकटमा

चार अर्ब ९१ करोडभन्दा बढीको कच्चा जुट आयात, स्वदेशी उत्पादन संकटमा

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • झापा । कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गथ्र्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ । स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बङ्गलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ ।पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२।८३ मा मात्रै रु चार अर्ब ९१ करोड ६६ लाख ६२ हजारबराबरको कच्चा जुट आयात भएको छ । अघिल्लो आव २०८१।८२ मा रु चार अर्ब ३४ करोड १२ लाख ६१ हजारको जुट आयात भएको थियो । एक वर्षमै कच्चा जुटको आयात करिब रु ५७ करोड ५४ लाख अर्थात् १३.२५ प्रतिशतले बढेको देखिएको छ ।

    images
    images

    मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवराम न्यौपानेका अनुसार मूल्यका आधारमा काँकरभिट्टानाकाबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो स्थानमा पर्छ । पछिल्ला वर्षहरूमा पूर्वीनाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ ।सरकारी अभिलेखअनुसार मोरङ, सुनसरी र झापामा २०४३।४४ सालदेखि व्यावसायिक रूपमा जुटखेती विस्तार हुनथालेको थियो । त्यसबेला यहाँ उत्पादन भएको जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गथ्र्यो । अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही भारत र बङ्गलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था आएको छ ।

    जुटखेती घट्दै जानुको मुख्य कारण उत्पादन लागत बढ्नु र किसानले उचित मूल्य नपाउनु रहेको कृषि क्षेत्रका अधिकारीहरू बताउँछन् । उत्पादन खर्च बढ्दै जाँदा आम्दानी भने अपेक्षाअनुसार नहुने भएकाले किसानले जुटखेती छाडेर धानलगायत अन्य बालीतर्फ आकर्षित हुन थालेका छन् ।कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा अहिले जुटखेती खुम्चिएर करिब पाँच हजार हेक्टर क्षेत्रफलमा मात्र हुँदै आएको छ । “लागत बढी र आम्दानी कम भएकाले किसानले जुटखेती छाड्दै गएका छन्, केही वर्षयता जुटको उत्पादनमा नराम्ररी गिरावट आएको छ”, उनले भने ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend