images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • टेलिकमको विशेष अवसर: २०८३ पुस मसान्तसम्म...

टेलिकमको विशेष अवसर: २०८३ पुस मसान्तसम्म बक्यौता तिर्दा जरिवाना मिनाहा

टेलिकमको विशेष अवसर: २०८३ पुस मसान्तसम्म बक्यौता तिर्दा जरिवाना मिनाहा

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । नेपाल टेलिकमले आफ्नो दूरसञ्चार सेवा प्रयोग गरेबापतको महसुल नतिरेका ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी बक्यौता बुझाउने ग्राहकलाई जरिवाना नलिने जनाएको हो। यसका लागि ग्राहकले २०८३ साल पुस मसान्तभित्र आफ्नो बक्यौता रकम भुक्तानी गरिसक्नुपर्नेछ। यस अवसरको फाइदा लिन टेलिकमले ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा जान आग्रह गरेको छ।

    images
    images

     केन्द्रीय कार्यालयअन्तर्गतको केन्द्रीय राजस्व विभागले एक सूचना जारी गर्दै जरिवाना छुटको व्यवस्था मिलाएको जानकारी दिएको हो। जारी सूचनामा ‘२०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा’ जरिवाना छुट दिइने उल्लेख छ। त्यस्तै ‘नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न’ टेलिकमले सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ।तोकिएको समयभित्र पनि बाँकी महसुल नबुझाउने ग्राहकलाई टेलिकमले कारबाही गर्ने चेतावनी दिएको छ। बक्यौता नतिर्नेहरूको नाम र विवरण कम्पनीको वेबसाइट तथा पत्रपत्रिकामा सार्वजनिक गर्ने टेलिकमको तयारी छ। महसुल नतिर्नेहरूको ‘सार्वजनिक सूचना प्रकाशन गरी’ असुली प्रक्रिया अगाडि बढाइने टेलिकमले स्पष्ट पारेको छ।

    pic

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend