images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • बागलुङमा राजस्व संकलन लक्ष्यको ७० प्रतिशतमा...

बागलुङमा राजस्व संकलन लक्ष्यको ७० प्रतिशतमा सीमित

बागलुङमा राजस्व संकलन लक्ष्यको ७० प्रतिशतमा सीमित

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • बागलुङ । आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक राजस्व कार्यालय बागलुङले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । १ अर्ब ८३ करोड ८७ लाख लक्ष्य राखेकामा असार मसान्तसम्ममा १ अर्ब २९ करोड ३७ हजार मात्रै कर संकलन भएको हो । यो ७० दशमलव ४५ प्रतिशत मात्रै हो ।पर्वतस्थित करदाता सेवा कार्यालय पनि बागलुङमा गाभिएपछि गत वर्षको फागुनपछि १ अर्ब ४६ करोडबाट बढेर १ अर्ब ८३ करोड ८७ लाख रुपैयाँको लक्ष्य पुगेको थियो । तर लक्ष्यअनुसारको काममा प्रगति नभएको प्रमुख कर अधिकृत कपिल सिलवालले बताए । कार्यालयले अन्तशुल्कतर्फ भने ९६ प्रतिशत लक्ष्य प्राप्ति गरेको छ । कुल ७ करोड ३२ लाखको लक्ष्यमा असार मसान्तसम्म ७ करोड ९ लाख कर संकलन गरेको थियो । 

    images
    images

    त्यसबाहेक मूल्य अभिवृद्धि करमा ६८ प्रतिशत प्रगति गरेको छ । लक्ष्य ५० करोड ६४ लाख राखिएकामा असार मसान्तसम्ममा ३४ करोड ७७ लाख कर संकलन गरेको थियो । आयकरमा पनि लक्ष्यभन्दा कम अर्थात् ७२ प्रतिशत मात्रै कर संकलन भएको छ । १ अर्ब ४ करोड ५४ लाख लक्ष्यमा ७५ करोड ७० लाख रुपैयाँ मात्रै संकलन भएको हो । बहालकर ८१ प्रतिशत र व्याजकर ४५ प्रतिशत मात्रै संकलन भएको छ । बहालकरतर्फ २ करोड ५० लाखको लक्ष्यमा असार मसान्तसम्ममा २ करोड ४ लाख ५० हजार रुपैयाँ  मात्रै संकलन भएको हो ।  नेपाल सरकारले ल्याएको आर्थिक विधेयक २०८३ र विभिन्न समयमा ल्याएको कर छुटको कार्यक्रमले पनि नियमित करदाता समेत प्रभावित भएका छन् । कर छुट पाउने आसले करदाताले कर तिर्न ढिलाइ गरेको समेत सिलवालले बताए । हालै आएको आर्थिक विधेयकमा आयकरको व्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था गरेको छ ।

    असार मसान्तभित्र तिर्ने कतिपय कसरको समय पुस मसान्तसम्म थपिएकाले ग्राहकले ढिलासम्म तिर्न सक्ने उनले अनुमान गरेका छन् । साथै जेन-जी आन्दोलनपछि धेरै व्यावसायिक क्रियाकलाप कम भएको, सहकारीहको कारोबार नै ठप्प भएकोले ब्याजकर प्राप्त नभएको र केही ठूला उद्योग माथिल्लो तहको कार्यालयमा कर तिर्न गएाकाले यहाँको लक्ष्य कम भएको समेत उनले बताए ।पछिल्लो समय ठूलो कारोबार गर्ने सहकारीले बागलुङमा तिर्दै आएको कर पोखरास्थित ठूलो कार्यालयमा तिर्न थालेका छन् । यो क्रमले कर संकलनमा कमी अंक देखिएको सूचना अधिकारी राजनमणि शर्माले जानकारी दिए । उनका अनुसार आयकारमा साना व्यवसायीलाई छुटको स्किम दिँदा अघिल्लो वर्ष कर संकलन बढी भएको थियो । यो वर्ष त्यो स्किम नभएर केही व्यवसायी कर तिर्न ढिला गरिरहेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend