images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • देशभर १२ हजार ९५० बैंकिङ कसुरका...

देशभर १२ हजार ९५० बैंकिङ कसुरका मुद्दा, आधाभन्दा बढी काठमाडौँ उपत्यकामा

देशभर १२ हजार ९५० बैंकिङ कसुरका मुद्दा, आधाभन्दा बढी काठमाडौँ उपत्यकामा

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । नेपालमा पछिल्लो समय 'बैंकिङ कसुर' सबैभन्दा धेरै दर्ता हुने अपराधको रूपमा देखिएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर कुल १२ हजार ९ सय ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।प्रहरीको तथ्याङ्क अनुसार बैंकिङ क्षेत्रसँग सम्बन्धित ठगी र अनियमितताका घटनाहरू सबैभन्दा उच्च देखिएका हुन्।

    images
    images

    तथ्याङ्क अनुसार काठमाडौँ उपत्यका बैंकिङ कसुरबाट सबैभन्दा बढी प्रभावित देखिएको छ। देशभर दर्ता भएका कुल मुद्दामध्ये ४६.५० प्रतिशत अर्थात् ६ हजार २२ वटा मुद्दा काठमाडौँ उपत्यकामा मात्रै दर्ता भएका छन्। आर्थिक गतिविधि बढी हुने र बैंकिङ पहुँच धेरै भएको क्षेत्र भएकाले यहाँ यस्ता अपराधका घटना बढी देखिएको प्रहरीको विश्लेषण छ।उपत्यका बाहेक अन्य प्रदेशहरूको विवरण हेर्दा मधेश प्रदेशमा सबैभन्दा बढी १ हजार ७ सय ५७ वटा मुद्दा दर्ता भएका छन्। त्यसैगरी लुम्बिनी प्रदेशमा १,२१८ मुद्दा, कोशी प्रदेशमा १,१५७ मुद्दा, बागमती प्रदेश (उपत्यका बाहेक) १,०२१ मुद्दा, गण्डकी प्रदेश ९९४ मुद्दा, सुदूरपश्चिम प्रदेश ४२६ मुद्दा र कर्णालीमा सबैभन्दा कम ३५५ मुद्दा दर्ता भएका छन् । 

     

    muddha

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend