images

२०८३ आश्विन २ गते

images
images
images

करदाता प्रोत्साहन योजनाको पहिलो भाग्यचिठ्ठा सार्वजनिक,

करदाता प्रोत्साहन योजनाको पहिलो भाग्यचिठ्ठा सार्वजनिक,

२५० रुपैयाँको खरिदमा १० लाख पुरस्कार

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ, २२ साउन । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो चरणको भाग्यचिठ्ठा सार्वजनिक गरेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिमा गरिएको ड्रमार्फत २५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। कर कट्टापछि विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    images
    images

    यस्तै, थप १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार जितेका छन्। कर कट्टापछि उनीहरूले १ लाख रुपैयाँ नगद पाउनेछन्।

    आन्तरिक राजस्व विभागका अनुसार विजेता छनोट २ करोड ५६ लाखभन्दा बढी विद्युतीय कारोबार र ७ हजारभन्दा बढी नगद कारोबार मध्येबाट सुरक्षित डिजिटल प्रणालीमार्फत गरिएको हो।

    images
    images

    सरकारले बिल लिने–दिने संस्कार विकास, कर चुहावट नियन्त्रण र डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रममा सहभागी हुन नगद खरिदकर्ताले खरिद बिल वेबसाइटमा अपलोड गर्नुपर्नेछ भने विद्युतीय भुक्तानीबाट भएका कारोबार स्वतः समावेश हुने व्यवस्था छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend