images

२०८३ आश्विन २ गते

images
images
images

जुम्लामा ४८ करोड राजस्व सङ्कलन

जुम्लामा ४८ करोड राजस्व सङ्कलन

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • जुम्ला, २३ साउन । आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२।८३ मा रु ४८ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    कार्यालयले उक्त आवमा रु ६४ करोड ४८ लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ७४ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले जानकारी दिएका छन्।

    राजस्व सङ्कलनका विभिन्न शीर्षकमध्ये आयकरतर्फ रु ३५ करोड ८१ लाख ५२ हजार, मूल्य अभिवृद्धि कर (मु.अ.कर) तर्फ रु नौ करोड ८८ लाख नौ हजार, अन्तःशुल्कतर्फ रु ८८ लाख ५८ हजार र अन्यतर्फ रु एक करोड ४३ लाख तीन हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत घिमिरेले बताएका छन्।

    images
    images

    करदाता शिक्षालाई थप प्रभावकारी बनाउन निर्माण व्यवसायी लगायत ठूला तथा साना व्यवसायीलाई प्राथमिकता दिई करदाता सेवासम्बन्धी कार्य सञ्चालन हुँदै आएको उनले बताएका छन्। कर कानुन बमोजिम लक्षित राजस्व सङ्कलन गर्ने, कर परीक्षण तथा अनुसन्धान गरी कर कानुनको परिपालना गराउने तथा अन्तःशुल्क सम्बन्धी कार्यसमेत सञ्चालन भइरहेको उनको भनाइ छ ।

    कार्यालयले गत आवको वैशाखदेखि असारसम्म ७४ पटक बजार अनुगमन गरेको जनाएको छ । यस अवधिमा सातवटा अग्रिम करकट्टी परीक्षण, एकवटा पूर्ण कर परीक्षण, २० वटा द्रुत कर परीक्षण, १९ वटा सङ्कलन भ्रमण र पाँच पटक करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

    चालु आवमा आयकर सङ्कलन अघिल्लो आवको तुलनामा केही वृद्धि भए पनि मूल्य अभिवृद्धि कर सङ्कलनमा भने कमी आएको कार्यालयले जनाएको छ । व्यापार–व्यवसायमा आएको मन्दी तथा विकास निर्माणका कार्य गर्ने सरकारी निकायमा भएको कम पुँजीगत खर्चलगायत कारणले मुअकर सङ्कलनमा कमी आएको कार्यालयको भनाइ छ ।

    कार्यालयका अनुसार हालसम्म मुअ करतर्फ एक हजार ७५०, आयकरतर्फ १७ हजार ८४ र अन्तःशुल्कतर्फ ५६५ करदाता दर्ता भएका छन् ।

    आन्तरिक राजस्व कार्यालय जुम्लाको कार्यक्षेत्र जुम्लासहित मुगु र कालीकोट जिल्लासम्म रहेको छ । कार्यालयको समन्वयमा कालीकोटको तिलागुफा र रास्कोट नगरपालिकाबाट समेत करदाता सेवा सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ ।

    कार्यालयले आर्थिक वर्ष २०८१।८२ मा रु ५१ करोड ४१ लाख राजस्व सङ्कलन गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend