images

२०८३ आश्विन २ गते

images
images
images

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • भोजपुर, २४ साउन । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज बनेको छ । कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
     
    गाउँपालिकाले आर्थिक वर्ष २०८२।८३ अन्तर्गत रु सात लाख ५० हजार बजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममार्फत १० किसान÷फार्मलाई लक्षित गरिए पनि प्रक्रियागत ढिलाइ र एउटा किसानले समयमै आवश्यक तयारी नगरेका कारण नौ किसान लाभान्वित भएका छन् । 

    images
    images

    कार्यक्रम अन्तर्गत प्रकाश बस्नेत, अञ्जु कुँवर कार्की, पमरम्फा मगर, दुर्जमान राई, हीराकुमारी खड्का थापा, मच्छिन्द्र राई, दिलीप राई, अनिशा तामाङ र रामलाल राईलाई भैँसी वितरण गरिएको हो । स्थानीय अनिशा तामाङले गाउँपालिकाबाट प्राप्त अनुदानले व्यवसाय विस्तार गर्न सहयोग पुगेको बताएका छन् ।

    उनले भने, “पहिले परम्परागत तरिकाले मात्रै पशुपालन गर्दै आएका थियौँ, अहिले उन्नत जातका भैँसी पाएपछि उत्पादन बढ्ने आशा छ ।”

    images
    images

    गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले पशुपालनलाई आयमुखी पेसाका रूपमा विकास गर्न किसानलाई लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन् । दूधमा आत्मानिर्भर बनाउँदै किसानलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यले भैँसी वितरणको कार्यक्रम सञ्चालन गरिएको उनले बताएका छन् ।

     “हामीले किसानलाई उत्पादनमा प्रोत्साहन गर्न अनुदानसँगै प्रविधि र संरचनागत सुधारलाई पनि जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “यसले दुग्ध उत्पादन वृद्धि गर्दै स्थानीय रोजगारी सृजनामा समेत टेवा पुर्याउँछ भन्ने हाम्रो आशा हो ।”

    त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले पशुपालन क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन गाउँपालिकाले चरणबद्ध रूपमा सहयोग गर्दै आएको जानकारी दिएका छन् । उनले उन्नत जातका गाई÷भैँसी वितरण कार्यक्रममार्फत परम्परागत गोठलाई सुधार गरी व्यवस्थित पशुपालनका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिइएको बताएका छन् । गाउँपालिकाले आगामी दिनमा दुग्ध सङ्कलन, बजार व्यवस्थापन र पशु स्वास्थ्य सेवा विस्तारमा समेत ध्यान दिने योजना बनाएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend