चिनियाँ कम्पनी मुनशटको कृत्रिम बुद्धिमता (एआई)ले डिजिटल जेल तोडेको घटना प्रकाशमा आएको छ । एआई मोडल ‘किमि के–३’ले आफूलाई दिइएको काम पूरा गर्न डिजिटल जेल तोडेको हो ।चिनियाँ वैज्ञानिकहरू एआई मोडल ‘किमि के–३’को ह्याकिङ र साइबर सुरक्षा मामिलाको परीक्षा लिइरहेका थिए । यस क्रममा सो एआईलाई डिजिटल जेल अर्थात् ‘सेन्डबक्स’मा राखिएको थियो । एआई मोडललाई इन्टरनेटको सहयोगविना नै आफ्नो दिमागले उक्त परीक्षा पास गर्नुपर्ने थियो ।
वैज्ञानिकहरूका अनुसार यो एआईले निकै चलाखीपूर्ण ढंगले सुरक्षामा रहेका कमजोरी पत्ता लगाउँदै इन्टरनेटसम्म आफ्नो पहुँच विस्तार गरेर परीक्षामा सोधिएको प्रश्नको जबाफ दिएको थियो ।एआईको यस्तो चलाखीका कारण वैज्ञानिकहरू चिन्तित भएका छन् । भविष्यमा यस्ता एआई मोडलले मानिसद्वारा निर्मित सुरक्षा घेरालाई तोडेर आफ्नो लक्ष्य पूरा गर्ने चिन्ता थपिदिएको वैज्ञानिकको भनाइ छ । यस्तो भइदिएको खण्डमा एआई मोडललाई नियन्त्रण गर्न निकै कठिन हुने उनीहरूको तर्क छ ।आई मोडलले डिजिटल जेल तोडेको घटना यो नै पहिलो भने होइन । यसअघि ओपनएआई, एन्थ्रोपिक र मेटाका एआई मोडलले पनि यस्ता काम गरिसकेका छन् ।
ओपनएआई र एन्थ्रोपिकका एआई मोडलले ७–७ पटक र मेटाको एआईले एक पटक यसरी डिजिटल जेल तोडिसकेका छन् ।फेलोनी बेन्च नाम गरेको वेबसाइटमा यस प्रकारका घटना निगरानी गरिन्छ । वैज्ञानिकहरूका अनुसार यी घटनाले एआईहरू इमानदारीपूर्वक काम गर्ने बाटो नरोजी चलाखी देखाइरहेको प्रस्ट हुन्छ ।




.gif)





