images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेरुडे मिर्मिरे लघुवित्त नोक्सानीबाट नाफामा, कमायो...

नेरुडे मिर्मिरे लघुवित्त नोक्सानीबाट नाफामा, कमायो २३.५९ करोड

नेरुडे मिर्मिरे लघुवित्त नोक्सानीबाट नाफामा, कमायो २३.५९ करोड

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा नोक्सानीमा रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवमा १८ करोड नोक्सानीमा रहेको लघुवित्तले गत आर्थिक वर्षमा साढे २३ करोडको नाफा कमाएको हो । विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ करोड २५ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको यस संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा २३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सञ्चालन मुनाफामा आएको सुधारलेले नाफा कमाउन सम्भव देखिएको छ । अघिल्लो वर्ष २० करोड १० लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको यस कम्पनीले गत वर्ष भने ३२ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।

    images
    images

    कम्पनीको खराब कर्जा (एनपीएल) मा पनि उल्लेख्य गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा ३१.६४ प्रतिशत पुगेको खराब कर्जा गत वर्षको अन्त्यसम्ममा १९.८६ प्रतिशतमा झरेको छ । खराब कर्जा घट्दा कम्पनीको सम्भावित जोखिमका लागि छुट्याइएको रकम पनि घटेसँगै खुद नाफा सकारात्मक प्रभाव देखिएको हो ।अघिल्लो वर्ष १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब २९ करोड ४३ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि ठूलो सुधार भएको छ । अघिल्लो वर्ष १३.०६ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी गत वर्ष १६.८८ रुपैयाँ धनात्मक बनेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १८६.५९ रुपैयाँ पुगेको छ । हाल १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब २१ करोड ३ लाख रुपैयाँ सञ्चित छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend