images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • नयाँ आर्थिक वर्षदेखि व्यक्तिगत आयकरको नयाँ...

नयाँ आर्थिक वर्षदेखि व्यक्तिगत आयकरको नयाँ दर सार्वजनिक, ४० लाखभन्दा बढी आम्दानीमा २९% सम्म कर

नयाँ आर्थिक वर्षदेखि व्यक्तिगत आयकरको नयाँ दर सार्वजनिक, ४० लाखभन्दा बढी आम्दानीमा २९% सम्म कर

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि नै प्राकृतिक व्यक्तिको आयमा लाग्ने करको दर सार्वजनिक गरेको छ ।आन्तरिक राजस्व विभागले आयकर ऐन, २०५८ बमोजिम व्यक्तिगत र दम्पत्तिका लागि लाग्ने करको विभिन्न पाँच वटा स्ल्याबसहित एकलौटी फर्मले तिर्नुपर्ने करसहितको विवरण सार्वजनिक गरेको हो ।आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको यस्तो करको विवरण अनुसार आयकरको नयाँ दरको व्यवस्था अनुसार एकल वा दम्पत्ति दुवैको हकमा १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत कर लाग्नेछ ।

    images
    images

    विभागका अनुसार वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा भने अधिकतम २९ प्रतिशतसम्म कर बुझाउनुपर्ने व्यवस्था आयकर ऐन २०५८ ले गरेको पनि उल्लेख छ ।यस्तो करको दर अनुसार १० लाखसम्ममा १ प्रतिशत (१० हजार रुपैयाँ), १० लाखदेखि १५ लाखसम्ममा १० प्रतिशत, १५ लाखदेखि २५ लाखसम्ममा २० प्रतिशत, २५ लाखदेखि ४० लाखसम्ममा २७ प्रतिशत, ४० लाखभन्दा माथि २९ प्रतिशत (२७ प्रतिशतमा थप २ प्रतिशत विन्दु अतिरिक्त कर) गरेर २९ प्रतिशतसम्म कर लाग्ने छ ।एकलौटी फर्म दर्ता भएका करदाता, निवृत्तिभरण (पेन्सन) र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरूको हकमा भने पहिलो १० लाखको स्ल्याबमा १ प्रतिशत कर लाग्ने छैन ।

    बचत र खर्चमा पाइने छुट सुविधाहरू

    images
    images

    सरकारले करदातालाई विभिन्न क्षेत्रमा लगानी र खर्च गर्दा करयोग्य आयबाट घटाउन पाउने सुविधा पनि दिएको छ । यस्तो सुविधा अनुसार बीमा प्रिमियममा छुट पाइन्छ । जीवन बीमा गरे बापत वार्षिक ४० हजार रुपैयाँसम्म र स्वास्थ्य बीमा बापत २० हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाइनेछ ।शिक्षा खर्चमा पनि छुट लिन पाइने छ । छोराछोरीको शिक्षण शुल्क बापत वार्षिक २५ हजार रुपैयाँ वा कुल खर्चको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, सो रकम घटाउन पाइनेछ ।महिलालाई विशेष छुटपाउने व्यवस्था पनि आयकर ऐनले गरेको छ । पारिश्रमिक आय मात्र भएका महिलाको हकमा लाग्ने करमा १० प्रतिशत छुट दिइनेछ ।दूर्गम भत्तामा पनि छुट पाइने छ । दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीले क्षेत्र अनुसार ‘क’ देखि ‘ङ’ वर्गसम्म ५० हजारदेखि १० हजार रुपैयाँसम्म थप छुट पाउनेछन् ।अपाङ्गता भएकालाई थप छुट पाइने छ । अपाङ्गता भएका व्यक्तिले पाउने छुटको सीमामा थप ५० प्रतिशत रकम घटाउन पाउने व्यवस्था गरिएको छ ।

    साना व्यवसायीलाई कारोबार अनुसारको कर

    वार्षिक ३० लाख रुपैयाँसम्म कारोबार र ३ लाखसम्म आम्दानी हुने साना व्यवसायीले महानगर/उपमहानगरमा ७ हजार ५००, नगरपालिकामा ४ हजार र अन्य क्षेत्रमा २ हजार ५ सय रुपैयाँ मात्र वार्षिक कर तिरे पुग्नेछ ।३० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार हुने व्यवसायीको हकमा वस्तुको कारोबारमा १ प्रतिशत र सेवाको कारोबारमा २ प्रतिशत कर लाग्नेछ ।घरजग्गा बिक्री गर्दा ५ वर्षभन्दा बढी स्वामित्व भएकोमा ७.५ प्रतिशत र ५ वर्षभन्दा कम स्वामित्व भएकोमा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । सेयर बजारको हकमा ३६५ दिनभन्दा बढी समय सेयर होल्ड गर्नेलाई ७.५ प्रतिशत र सोभन्दा कम समय होल्ड गर्नेलाई १० प्रतिशत कर लाग्ने व्यवस्था छ ।

    डिजिटल सेवा र सामाजिक सञ्जालमा कर

    नेपाल बाहिर सफ्टवेयर वा विद्युतीय सेवा उपलब्ध गराए बापत विदेशी मुद्रामा भुक्तानी पाउने व्यक्ति वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री (युट्युव टिकटकसहित) अपलोड गरेर आम्दानी गर्नेहरूले प्राप्त रकममा ५ प्रतिशत कर बुझाउनुपर्नेछ ।सवारी साधनकोको लागि तिर्नुपर्ने वार्षिक करको हकमा भाडाका सवारी साधन धनीले सीसी र किलोवाटका आधारमा वार्षिक ६ हजार ५ सय देखि १७ हजार ५ सय रुपैयाँसम्म कर बुझाउनुपर्नेछ । विद्युतीय सवारीको हकमा क्षमता अनुसार ४ हजार देखि ९ हजार ५ सय रुपैयाँसम्म कर तोकिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend