images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ...

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • चितवन । बजारमा माग बढेसँगै अण्डाको समर्थन मूल्यमा वृद्धि गरिएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजैदेखि लागू हुने गरी अण्डाको नयाँ दर सार्वजनिक गरेको हो ।नयाँ दररेट अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, सानो अण्डा प्रतिपेटी (७ क्रेट) को मूल्य ३,००० रुपैयाँ तोकिएको छ ।

    images
    images

    संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको प्रकोपका कारण धेरै कुखुरा मरेपछि उत्पादनमा ह्रास आएको र माग बढेकाले मूल्य समायोजन गरिएको हो । तर, मूल्य बढे पनि किसानले अझै राहत पाउन सकेका छैनन् ।प्रतिअण्डा लागत मूल्य १९.१२ रुपैयाँ (प्रतिक्रेट ५७३.६) पर्ने भए पनि बिक्री मूल्य त्योभन्दा कम छ । लागत नउठ्दा र बैंकको ऋण बढ्दै जाँदा धेरै किसानहरू यो व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend