काठमाडौँ । कहिले यस्तो भएको छ ? तपाईंको फोन बन्द हुन लागेको छ, तर नजिकमा चार्जर वा पावर बैंक हुँदैन । यस्तो अवस्थामा के गर्ने ? अर्को स्मार्टफोन आउँला त काम ? हिजोआज केही फोनमा यस्ता फिचर पनि पाइन्छ जसबाट एउटा फोनको ब्याट्रीबाट अर्को फोन पनि चार्ज गर्न सकिन्छ । बजारमा पावर बैंकको माग पहिलेभन्दा कम भएको छ । यसको एउटा कारण यो पनि हो कि कम्पनीहरूले अहिले स्मार्टफोनमा ७ हजारदेखि ९ हजार एमएएचका ब्याट्री दिइरहेका छन् । यी ब्याट्रीहरू आफैँ पावर बैंकको रूपमा काम गर्न सक्छन् ।
एउटा स्मार्टफोनबाट अर्को स्मार्टफोन चार्ज गर्नुलाई रिभर्स चार्जिङ भनिन्छ । यसमा, एउटा फोनले आफ्नो ब्याट्रीबाट अर्को फोनलाई बिजुली दिन्छ । यसलाई वायरलेस रूपमा गर्न सकिन्छ, र केही फोन भने तारबाट पनि रिभर्स चार्जिङ गर्न सकिन्छ । तर, हरेक फोनमा यो सुविधा हुँदैन अनि हरेक फोनबाट अर्को फोनलाई उही तरिकाले चार्ज गर्न पनि सकिँदैन ।
फोनबाट फोन कसरी हुन्छ चार्ज ?
फोनबाट फोन चार्ज गर्ने दुई तरिका छन् । पहिलो हो वायरलेस चार्जिङ । यसमा, एउटा फोनले कुनै तार बिना आफ्नो ब्याट्रीको बिजुली अर्को फोनलाई दिन सक्छ । ठूला ब्याट्री भएका स्मार्टफोनहरूमा पावर शेयरिङ फिचर पनि दिइएको हुन्छ ।अर्को विधि भनेको चार्जिङ केबल मार्फत हो । यी दुवै फोनलाई तारले जोडरर एउटा फोनको ब्याट्रीबाट अर्को फोनलाई चार्ज गर्न सकिन्छ । तर यो सुविधा फोन मोडेल र प्रविधिमा निर्भर गर्दछ । केही स्मार्टफोनहरूमा, यो सुविधालाई ब्याट्री सेयर भनिन्छ । केही सामसुङ फोनहरूमा, यसलाई वायरलेस पावरसेयर भनिन्छ ।
यसरी फोन चार्ज गर्न के चाहिन्छ ?
सबैभन्दा अहम कुरा त यो हो कि तपाईँले फोर्न चाजि गराउन प्रयोग गर्न थाल्नु भएको फोनमा रिभर्स चार्जिङ सुविधा हुनुपर्छ । तपाईं केबल बिना चार्ज गर्न चाहनुहुन्छ भने अर्को फोनमा पनि वायरलेस चार्जिङ हुनुपर्छ । वायरलेस चार्जिङ भएर मात्रै भएन । दुवै फोनहरू यस उपयुक्त कामका लागि उचित हुनुपर्छ । गुगलका पिक्सेल फोनमा ब्याट्री सेयरसुविधा प्रदान हुन्छ । यसले वायरलेस चार्जिङबाट अन्य फोन वा उपकरणहरूलाई चार्ज गर्न मिल्छ ।सामसङ ग्यालेक्सीका केही स्मार्टफोनहरूमा वायरलेस पावरसेयर पनि हुन्छ । जस मार्फत वायरलेस चार्जिङ भएका अन्य फोन वा उपकरणहरूलाई चार्ज गर्न सकिन्छ ।
बिना तार फोनबाट फोन कसरी गर्ने चार्ज ?
मानौं तपाईंसँग वायरलेस पावरसेयर भएको फोन छ । फोनले वायरलेस पावरसेयरलाई सपोर्ट गर्न भन्ने कुरा तपाईलाई थाहा छ । सबैभन्दा पहिले त तपाईँले आफ्नो फोनको सेटिङमा गएर वायरलेस पावरसेयरलाई इनेबल गर्न जरुरी छ । त्यसपछि, दोस्रो फोनलाई पहिलो फोनको पछाडि राख्नुपर्छ । दुवै स्मार्टफोनको ब्याक प्यानल एकआपसमा टाँसिएको हुन पर्छ । यति भयो भने मात्रै यो फिचरले काम गर्छ ।दुवै फोनको चार्जिङ गर्ने ठाउँ एकअर्काको ठिक्क सामुन्ने हुनुपर्छ । फोनहरू सही तरिकाले राखिएको छैन भने, चार्जिङ सुरु नहुन सक्छ वा धेरै ढिलो हुन सक्छ । फोन कभरले कहिलेकाहीं समस्या पनि निम्त्याउन सक्छ । चार्जिङ सुरु भएन भने फोनको कभरलाई हटाउनुहोस् र दुवै फोनहरूलाई सही स्थितिमा राख्नुहोस् । यस उद्देश्यका लागि गुगल पिक्सेलमा ब्याट्री सेयर सुविधा पाइन्छ । यसलाई फोनको सेटिङमा गएर इनेबल गर्न सकिन्छ ।
छिटो हुन्छ एउटा फोनबाट अर्को फोन चार्ज ?
अहँ । यसबाट सामान्यतः फोनको चार्जिङ केबलबाट हुने जस्तो चार्ज पाइदैंन । फोनबाट फोन चार्ज गर्नुको सबैभन्दा ठुलो फाइदा यही हो कि घरमा बिजुली, चार्जर वा पावर बैंक नभएको बेलामा आपत् पर्दा अर्को फोनलाई थोरै भएपनि चार्ज गर्न सकिन्छ भन्ने मात्रै हो । कुनै फोनलाई सय प्रतिशत नै चार्ज गर्न यो विधि प्रयोग गर्नु उपर्युक्त हुँदैन । चार्जिङको स्पीड फोन, तापमान र दुवै फोनको सही स्थितिमा निर्भर हुन्छ ।यसरी चार्ज गर्दा फोनको ब्याट्री छिटै सकिन्छ त ? चार्ज भइरहेको फोनमा ब्याट्री घट्छ । यसबाहेक वायरलेस चार्जिङमा केही बिजुली गर्मीको रुपमा पनि निस्कन्छ । त्यसैले, रिभर्स चार्जिङलाई दैनिक प्रयोग गर्नुको सट्टा आपत् परेको बेलामा वा आवश्यक पर्दा मात्र प्रयोग गर्नु राम्रो हुन्छ । गुगल पिक्सेलमा ब्याट्री सेयरिङको लागि पनि सीमा सेट गर्न सकिन्छ । यसो गर्दा फोनको ब्याट्री निश्चित स्तरमा पुगेपछि यो सुविधा स्वतः बन्द हुन्छ ।
यसो गर्दा फोन तात्छ ?
हो, चार्जिङको समयमा फोन तात्न सक्छ । विशेष गरी वायरलेस रिभर्स चार्जिङमा यस्तो हुन्छ । यसरी चार्ज गर्दा दुवै फोनहरू एकअर्काको धेरै नजिक हुन्छन् । फोनहरू धेरै ताते भने चार्जिङ ढिलो हुन सक्छ, वा केही फोनहरू स्वचालित रूपमा चार्ज हुन बन्द हुन सक्छ । त्यसकारण, फोन धेरै तातो भयो भने चार्जिङ बन्द गर्नु राम्रो हुन्छ ।
एन्ड्रोइड फोनबाट आईफोन चार्ज गर्न सकिन्छ ?
फोन मोडेल र प्रयोग भइरहेको विधिमा यो निर्भर गर्दछ । एन्ड्रोइड फोनमा रिभर्स वायरलेस चार्जिङ छ र खाइफोनले वायरलेस चार्जिङलाई सपोर्ट गर्छ भने एन्ड्रोइड फोनबाट आईफोन चार्ज गर्न सकिन्छ । तर दुवै फोनहरूमा यूएसबी–सी पोर्ट छ भन्दैमा एउटा फोनले अर्कोलाई चार्ज गर्छ भन्ने चाहिँ हुँदैन । यूएसबी–सी त जोड्ने पोर्टको नाम मात्रै हो । बिजुली दिने र लिने क्षमता फोनमा विद्यमान प्रविधिमा निर्भर हुन्छ ।




.gif)





