काठमाडौं, साउन २८ गते । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ४ हजार ७५० रुपैयाँ कायम भएको छ।
यससँगै एकातर्फ सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ भने चाँदीको मूल्यमा भने वृद्धि भएको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ।
बिहीबारको मूल्यः
सुनः प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ
चाँदीः प्रतितोला ४ हजार ७५० रुपैयाँ




.gif)





