images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सिटिजन लाइफको नाफा दोब्बरभन्दा बढी, ३९...

सिटिजन लाइफको नाफा दोब्बरभन्दा बढी, ३९ करोड ८ लाख रुपैयाँ पुग्यो

सिटिजन लाइफको नाफा दोब्बरभन्दा बढी, ३९ करोड ८ लाख रुपैयाँ पुग्यो

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ।  सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा शतप्रतिसतको वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा शतप्रतिशतले नाफा बढेको हो ।

    images
    images

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।कम्पनीको मुख्य व्यवसाय अर्थात् बीमाशुल्क आर्जनमा पनि बलियो सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.८७ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ रहेको थियो । बीमा व्यवसायको विस्तारसँगै कम्पनीको कुल आम्दानी पनि २१.५९ प्रतिशतले वृद्धि भई ११ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको देखिन्छ । यद्यपि व्यवसाय वृद्धिसँगै कम्पनीको कुल खर्च र दाबी भुक्तानीमा पनि वृद्धि भएको छ । कम्पनीले यस अवधिमा ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

    नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ३ पैसा बढेर ७ रुपैयाँ ८२ पैसा पुगेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६० पैसा रहेको छ।५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख रुपैयाँ रहेको छ । त्यस्तै अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको छ । यता कम्पनीको जीवन बीमाकोष १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँबाट २७ अर्ब ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend