images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • प्रभु महालक्ष्मी लाइफको नाफामा सामान्य वृद्धि,...

प्रभु महालक्ष्मी लाइफको नाफामा सामान्य वृद्धि, जीवन बीमा कोष ३२% बढ्यो

प्रभु महालक्ष्मी लाइफको नाफामा सामान्य वृद्धि, जीवन बीमा कोष ३२% बढ्यो

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा अघिल्लो आवको भन्दा सामान्य वृद्धि भएको हो ।

    images
    images

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशत मात्र बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ३२ प्रतिशतले बढेर १८ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त कोष १३ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ रहेको थियो । महाविपत्ती कोषमा १४ करोड ८५ रुपैयाँ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त कोष ३३.८५ प्रतिशतले बढी हो । कम्पनीको चुक्तापूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४२ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ ।कम्पनीकोे प्रतिसेयर आम्दानी १९ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ । असार मसासम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend