images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • काठमाडौंमा आज पाँच स्थानबाट ग्यास वितरण...

काठमाडौंमा आज पाँच स्थानबाट ग्यास वितरण हुँदै

काठमाडौंमा आज पाँच स्थानबाट ग्यास वितरण हुँदै

नागरिकता वा परिचयपत्र अनिवार्य

images
images
शनिवार, श्रावण ३० २०८३
शनिवार, श्रावण ३० २०८३
  • काठमाडौं । नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट आज विभिन्न ब्रान्डका एलपी ग्यास सिलिन्डर वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट उपभोक्तालाई ग्यास उपलब्ध गराइने भएको हो।

    images
    images

    निगमका अनुसार अत्यावश्यक परेका उपभोक्ताले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका केन्द्रमा पुगेर ग्यास खरिद गर्न सक्नेछन्। ग्यास खरिदका लागि उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

    ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरूः

    images
    images

    नेपाल आयल निगम, टेकु परिसरः नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास।
    यातायात कार्यालय परिसर, चाबहिलः नेपाल र एचपी ग्यास।
    राधास्वामी, कीर्तिपुर परिसरः नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास।
    राधास्वामी, बसुन्धरा परिसरः नेपाल, एचपी, एभरेस्ट सुगम, भानु र ओम ग्यास।
    पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलस् नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास।

    निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना आधिकारिक विक्रेतामार्फत समेत नियमित रूपमा बिक्री गरिरहेको जनाएको छ।

    ग्यासको आपूर्ति नियमित रहेको भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा लामो लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend