images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र...

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

images
images
शनिवार, श्रावण ३० २०८३
शनिवार, श्रावण ३० २०८३
  • गण्डकी, ३० साउन । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको छ । अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको हो । 

    images
    images

    योसँगै गण्डकी प्रदेशभित्र सञ्चालित प्रसारण संस्थाको इजाजतपत्र नवीकरणका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताए । प्रेस रजिष्ट्रारको कार्यालयले छुट्टै सफ्टवेयर विकास गरी रेडियो र टेलिभिजनको अनलाइन दर्ता तथा नवीकरण सेवा सुरु गरेको उनको भनाइ छ। 

    “प्रसारण संस्था नवीकरणको प्रमाणपत्र पनि अनलाइनबाटै उपलब्ध हुन्छ, कार्यालयबाट पनि प्रमाणपत्र लिन सकिन्छ”, रजिष्ट्रार भण्डारीले भने, “अनलाइन सेवाले रेडियो टेलिभिजनको दर्ता र नवीकरणका लागि समय र खर्चको बचतसँगै प्रशासिनक झण्झट पनि कम हुनेछ ।”

    images
    images

    प्रेस रजिष्ट्रार भण्डारीले प्रसारण संस्थाको इजाजत पत्रको नवीकरणका लागि कार्यालयमा सम्पर्क गर्न र राजस्व पनि प्रदेशमै बुझाउन आग्रह गरे । उनले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण पनि प्रदेशबाटै हुने नीतिगत व्यवस्थाका लागि प्रदेश समस्या समाधान समितिको बैठकमार्फत सङ्घ सरकारसमक्ष अनुरोध गरिएको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend