images

२०८३ आश्विन २ गते

images
images
images

वीरगन्ज नाकाबाट १० अर्बको दलहन आयात, परिमाण बढ्यो मूल्य घट्यो

वीरगन्ज नाकाबाट १० अर्बको दलहन आयात, परिमाण बढ्यो मूल्य घट्यो

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं । मुलुकको प्रमुख व्यापारिक स्थल नाका वीरगन्जबाट गत आर्थिक वर्षमा १० अर्ब २२ करोड रुपैयाँभन्दा बढीको दलहन आयात भएको छ । भारत तथा तेस्रो मुलुकबाट मुसुरो, सिमी–राज्मा, चना, रहर, केराउ र बकुल्लालगायत दलहन आयात भएको हो ।वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आवमा ११ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरको १० करोड १९ लाख किलो दलहन आयात भएकामा गत आवमा १० अर्ब २२ करोड रुपैयाँ बराबरको १० करोड २७ लाख किलो आयात भएको छ । यसअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दलहन आयातको परिमाण ८ लाख किलोले बढेको छ भने आयात मूल्य भने करिब ८२ करोड ६१ लाख रुपैयाँले घटेको छ ।

    images
    images

    आयात परिमाण बढे पनि मूल्य घट्नुको मुख्य कारण अन्तर्राष्ट्रिय तथा भारतीय बजारमा दलहनको मूल्यमा आएको गिरावट हुन सक्छ । अघिल्लो आवमा प्रतिकिलो औसत करिब १ सय ८ रुपैयाँ ४० पैसा परेको दलहन गत आवमा करिब ९९ रुपैयाँ ५० पैसाको औसत मूल्यमा आयात भएको देखिन्छ । अर्थात् प्रतिकिलो औसत आयात मूल्य करिब ८ प्रतिशत घटेको छ ।तथ्यांकअनुसार दलहनका विभिन्न बस्तुमध्ये मुसुरो, सिमी–राज्मा, अन्य गेडागुडी र रहरको आयात मूल्यमा कमी आएको छ । चनाको आयात भने अघिल्लो आवको तुलनामा बढेको देखिन्छ । केराउ र बकुल्लाको आयातमा पनि परिमाण तथा मूल्यमा फरक–फरक प्रवृत्ति देखिएको छ ।

    गत आवमा सबैभन्दा बढी ४ अर्ब २१ करोड रुपैया बराबरको ४ करोड ६४ लाख किलो मुसुरो आयात भएको छ । अघिल्लो आवमा ४ अर्ब ८१ करोड रुपैया बराबरको ४ करोड ८५ लाख किलो मुसुरो आयात भएको थियो । त्यसैगरी, गत आवमा २ अर्ब ६५ करोड रुपैया बराबरको २ करोड १५ लाख किलो सिमी,राज्मा आयात भएको छ । अघिल्लो आवमा २ अर्ब ९७ करोड रुपैयाँ बराबरको २ करोड ३६ लाख किलो सिमी,राज्मा आयात भएको थियो ।गत आवमा ४६ करोड १५ लाख रुपैया बराबरको ३५ लाख ४१ हजार किलो अन्य गेडागुडी आयात भएका छन् । अघिल्लो आवमा ५५ करोड ६२ लाख रुपैयाँ बराबरको ४० लाख २५ हजार किलो अन्य गेडागुडी आयात भएको थियो । गत आवमा ३४ करोड २९ लाख रुपैयाँ बराबरको २९ लाख ८५ हजार किलो रहर आयात भएको छ । अघिल्लो आवमा ३५ करोड ८६ लाख रुपैयाँ बराबरको २७ लाख ६२ हजार किलो रहर आयात भएको थियो ।

    images
    images

    नेपालमा खपत हुने अधिकांश दलहन आन्तरिक उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतसहित तेस्रो मुलुकबाट आयात हुँदै आएको छ । वीरगन्ज नाका भारतसँगको स्थलमार्गबाट हुने व्यापारका साथै तेस्रो मुलुकबाट आउने वस्तुको प्रमुख प्रवेशद्वार भएकाले खाद्यान्न तथा दलहन आयातको ठूलो हिस्सा यही नाकाबाट हुने गरेको छ ।गत आवको तथ्यांकले भने दलहनको मागमा कमी आएको संकेत गर्दैन । आयातित परिमाण बढेकाले बजारमा यसको माग यथावत् रहेको देखिन्छ । तर मूल्य घटेका कारण समानभन्दा बढी परिमाण आयात हुँदा पनि कुल आयात मूल्य अघिल्लो वर्षभन्दा कम भएको हो । दलहन नेपाली उपभोक्ताको दैनिक खाद्य उपभोगको महत्त्वपूर्ण हिस्सा हो । मसुरो, चना, केराउ, रहरलगायतका दाल तथा गेडागुडीको माग वर्षभरि रहने भएकाले यसको आयातमा भएको उतारचढावले बजार मूल्य र उपभोक्ताको खर्चमा समेत प्रभाव पार्ने गर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend