images

२०८३ आश्विन २ गते

images
images
images

९ महिनामै दाउन्ने एग्रोले गर्‍यो १ अर्बको व्यापार

९ महिनामै दाउन्ने एग्रोले गर्‍यो १ अर्बको व्यापार

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं । दाउन्ने एग्रो फार्मले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब एक अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ९८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।कम्पनीले सन् २०२५ मा १ अर्ब ५२ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब २१ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १४ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ५० करोड रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    सन् २०१८ मा स्थापना भएको कम्पनी पोल्ट्री फार्मिङमा संलग्न छ । कम्पनीले लेयर्स कुखुराबाट अण्डा उत्पादन गर्दै आएको छ । कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । कम्पनीमा संस्थागत र व्यक्तिगत सेयरहोल्डर छन् । कम्पनीमा किसान दाना उद्योगको २५ प्रतिशत स्वामित्व छ ।किसान दाना उद्योग लेयर्स कुखुराका लागि आवश्यक दाना र अण्डाको कारोबारमा संलग्न छ । कम्पनीको मुख्य सप्लायर्स तथा प्राथमिक खरिदकर्ता दाउन्ने एग्रो रहेको छ ।कम्पनीको ऋण सेवा कभरेज अनुपातमा सुधार भएको छ । गत आवको ९ महिनाको अवधिमा कम्पनीको ऋण सेवा कभरेज अनुपात १.५ गुणा रहेको छ ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २९ करोड ९८ लाख रुपैयाँको रेटिङ गराएको छ ।जसअनुसार दीर्घकालीन १ अर्ब ८ करोड ९८ लाख रुपैयाँ कर्जाका लागि एलएलबी- र अल्पकालीन २१ करोड रुपैयाँको कर्जाका लागि ए४ रेटिङ प्राप्त गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend