काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उच्च गिरावट देखिएको हो ।समीक्षा अवधिमा कम्पनीले ३२ करोड ६८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ५६.७५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ७५ करोड ५७ लाख ९८ हजार रुपैयाँ रहेको थियो । कम्पनीको नाफा घटे पनि कम्पनीको बीमा व्यवसायका आधारभूत सूचक भने सुधार देखिएको छ । कम्पनीको बीमा कोषमा भने उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा बीमा कोष ७१.४० प्रतिशतले बढेर ९ अर्ब ६६ करोड २५ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको बीमा कोष ५ अर्ब ६३ करोड ७३ लाख ४४ हजार रुपैयाँ रहेको थियो । बीमा व्यवसायबाट हुने आम्दानीतर्फ पनि कम्पनीले सकारात्मक वृद्धि कायम गरेको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६१ लाख ४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आर्जन २ अर्ब १२ करोड ४० लाख ३ हजार रुपैयाँ रहेको थियो । यसअनुसार खुद बीमा शुल्क आर्जन २.९२ प्रतिशतले बढेको हो ।
२ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विपद् कोष १२.७६ प्रतिशतले वृद्धि गरी २५ करोड ६९ लाख ३४ हजार रुपैयाँ पु¥याएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कोष २२ करोड ७८ लाख ५४ हजार रुपैयाँ रहेको थियो । कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३ अर्ब १० करोड ५८ लाख २ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब १८ करोड ६१ लाख ७५ हजार रुपैयाँ रहेको थियो । कम्पनीको कुल खर्च भने २५.११ प्रतिशतले बढेर २ अर्ब ६४ करोड ४३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च २ अर्ब ११ करोड ३६ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चित आम्दानी भने ४५.१० प्रतिशतले घटेर ५४ करोड ८२ लाख ७८ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९९ करोड ८७ लाख ६ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले २ लाख ७० हजार ६८५ वटा बीमा लेख जारी गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या २ लाख ९८ हजार ९७५ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २६ रुपैयाँ ९३ पैसा रहेको थियो । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ २६ पैसा कायम भएको छ ।




.gif)





