काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं उपत्यकाभित्रका आफ्ना विभिन्न शाखाहरूका लागि १८ जना नयाँ कर्मचारीहरूको माग गरेको छ ।कम्पनीले एक सूचना प्रकाशित गर्दै अनुभवी, ऊर्जावान् र नतिजामुखी व्यावसायिक जनशक्तिबाट दरखास्त आह्वान गरेको हो ।जसअनुसार कम्पनीले ३ जना शाखा प्रबन्धक (ब्रान्च म्यानेजर) वा इन्चार्ज र १५ जना बजार व्यवस्थापक (मार्केटिङ एक्जुकेटिभ) पदका लागि आवेदन खुला गरेको छ।
शाखा प्रबन्धक पदका लागि आवेदन दिने उम्मेदवारले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने र जीवन बीमा कम्पनीमा कम्तीमा ३ वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्ने सर्त राखिएको छ ।त्यसैगरी, मार्केटिङ एक्जुकेटिभ पदका लागि प्लस टु (१०+२) उत्तीर्ण भई जीवन बीमा क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।दुवै पदका लागि उम्मेदवारमा उत्कृष्ट सञ्चार कौशल, नेतृत्व क्षमता र तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्न सक्ने क्षमता हुनुपर्ने कम्पनीले जनाएको छ।
योग्य तथा इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो अद्यावधिक गरिएको वैयक्तिक विवरण (सीभी), हालसालै खिचेको फोटो, शैक्षिक तथा अनुभवका प्रमाणपत्रहरू संलग्न गरी कम्पनीको इमेल asianlifehr@gmail.com मार्फत आवेदन दिन सक्नेछन् ।




.gif)





