images

२०८३ आश्विन २ गते

images
images
images

साउनमा सरकारी राजस्व १० प्रतिशतले बढ्यो, ९३ अर्ब ४३ करोड सङ्कलन

साउनमा सरकारी राजस्व १० प्रतिशतले बढ्यो, ९३ अर्ब ४३ करोड सङ्कलन

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी रु ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् रु आठ अर्ब २४ करोडले वृद्धि हो ।महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजश्वतर्फको कुल प्राप्ति रु ८५ अर्ब १९ करोड ६ लाख र गैरकर राजश्वतर्फको कुल प्राप्ति रु सात अर्ब तीन करोड ४७ लाख छ । त्यस्तै, सरकारले पहिलो महिना रु २४ करोड तीन लाख वैदेशिक अनुदान सहायता लिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।

    images
    images

    चालु आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च रु ४१ अर्ब ८८ करोड ५८ लाख रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख बराबरको बजेट ल्याइएको थियो । साउन महिनाको बजेट खर्च वार्षिक विनियोजनको एक दशमलव ९७ प्रतिशत हो । चालु शीर्षकमा यसवर्ष रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख विनियोजन भएकोमा साउन मसान्तसम्ममा एक दशमलव ६८ प्रतिशत अर्थात् रु २१ अर्ब ४० करोड ३८ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० लाख ६३ हजार विनियोजन भएकोमा शून्य दशमलव ३१ प्रतिशत खर्च भएको छ ।वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म रु १९ अर्ब १५ करोड ३५ लाख खर्च भएको छ । जुन यो शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव ५३ प्रतिशत बराबर हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend