images

२०८३ आश्विन २ गते

images
images
images

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ ।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले खुला प्रतियोगितात्मक प्रक्रियामार्फत सीईओ नियुक्त गर्न लागेको हो ।रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । संस्थाको कार्यक्षेत्र पूर्वको पर्सादेखि पश्चिम कञ्चनपुरसम्मका तराईका ११ जिल्ला र पहाडका ८ जिल्ला गरी १९ जिल्लामा रहेको छ । संस्थाको सीईओ पद रिक्त रहेकाले पदपूर्तिका लागि आवेदन खुलाइएको हो। इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकले तोकेको विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्था वा सामुदायिक वित्तीय सेवा सम्बन्धी क्षेत्रमा व्यवस्थापकीय श्रेणीमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै, स्नातक उपाधि हासिल गरेका उम्मेदवारको हकमा सोही क्षेत्रमा कम्तीमा १० वर्ष व्यवस्थापकीय अनुभव आवश्यक पर्नेछ ।

    images
    images

    आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । आवश्यक कागजात तथा अन्य वाञ्छनीय योग्यता आवेदन फाराममै उल्लेख गरिएको संस्थाले जनाएको छ । सीईओको तलब तथा अन्य सुविधा नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा आधारित रही आपसी समझदारीमा तय गरिनेछ । छनोट प्रक्रियामा व्यावसायिक योजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ता समावेश हुने जनाइएको छ ।आवेदन फाराम संस्थाको आधिकारिक वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय वा तोकिएको इमेल ठेगानामा पठाउन सकिनेछ । इच्छुक उम्मेदवारले भदौ २१ गतेभित्र आवेदन पठाइ सक्नुपर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend