images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सानिमा रिलायन्स लाईफको ‘क्लब अचिभर्स इभेन्ट...

सानिमा रिलायन्स लाईफको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न

सानिमा रिलायन्स लाईफको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ सम्पन्न

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले 'क्लब अचिभर्स इभेन्ट २०८३' भव्यताका साथ सम्पन्न गरेको छ।ललितपुरस्थित पाँचतारे होटेल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई 'क्लब योजना'मा सफलता हासिल गर्न सफल बिमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि आयोजना गरिएको थियो।कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज के.सी. तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो।

    images
    images

    समारोहलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष केडियाले देशका विभिन्न स्थानबाट उपस्थित भएका क्लब सदस्य बिमा सल्लाहकारहरूलाई अभिवादन गर्दै कम्पनीको व्यवसाय वृद्धिमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेका छन्।त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बिमा सल्लाहकारहरूलाई कम्पनीको मेरुदण्डका रूपमा उल्लेख गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू भविष्यमा पनि ल्याइने बताएका छन्। डेपुटी सिइओ निराजन कँडेलले जीवन बिमामा टिमको महत्त्वबारे प्रकाश पार्दै सहकार्यले सफलता उन्मुख गराउने बताएका छन्।कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली, पृथ्वी, अग्नि, आकाश, ग्यालेक्सी र कसमस क्लबका योजनाहरू प्रस्तुत गरेको छ। तोकिएको लक्ष्य हासिल गर्न सफल बिमा सल्लाहकारहरूका साथै देशभरबाट वैयक्तिक कोड र टिम व्यवसाय अन्तर्गत उत्कृष्ट ३ मा पर्न सफल अभिकर्ताहरूलाई कार्यक्रममा सम्मानित गरिएको थियो।

    मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकारहरू मिस पबी र सुन्दर खनालले साङ्गीतिक एवं मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीमा १७ हजारभन्दा बढी अभिकर्ताहरू सक्रिय रूपमा कार्यरत छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend