images

२०८३ आश्विन २ गते

images
images
images

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् । उनी सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन्।वडा कार्यालयबाट दिने सेवाको समय (१०/५) सकिएपछि उहाँ किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बनेका हुन्।उनी नेताले काम गर्नुपर्छ भन्ने मान्यता राख्छन्। १५ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्दै आएका अध्यक्ष राईले २०७७ सालमा ‘पौरखी कृषि तथा पशुपंक्षी फार्म’ दर्ता गरी व्यावसायिक किवी खेती गरेका हुन्।उनको किवी बगानमा ‘ग्रीन’ र ‘गोल्डेन’ गरी दुई प्रजातिका १५५ वटा बोट छन्। किवीको लहरा चढाउन ३१० वटा पक्की पिल्लर र फलामको तार प्रयोग गरी मचान बनाएका छन्।

    images
    images

    अध्यक्ष राईले रु दुई लाखको लगानीमा किवी खेती सुरु गरेका हुन्। हाल वार्षिक रु तीन लाख आम्दानी गर्छन्। “जनताको काम गरेर बचेको समय किवी खेतीमा बिताउँदै आएको छु, मेहनतअनुसार आम्दानीसमेत राम्रै हुँदो रहेछ”, वडाध्यक्ष राईले भने, “वार्षिक रुपमा रु तीन लाख आम्दानी गरिरहेको छु । यसले मलाई घरव्यवहार चलाउन सहज रुपमा पुगिरहेको छ।”किवीको मुख्य सिजन असोजदेखि मङ्सिरसम्म हो । सिजनमा स्थानीय व्यापारीमार्फत प्रतिकेजी रु १०० देखि रु १२० सम्म बगानबाटै फल बिक्री हुने गरेको छ।राईले आलु र मकै खेतीको सट्टामा किवी खेती सुरु गरेका हुन्। “यहाँ पहिलेदेखि आलु र मकै खेती गरिन्थ्यो, त्यसैले वर्षदिन खान पुग्दैनथ्यो”, विगत समझँदै उनले भने, “किवीबाट राम्रो आम्दानी हुन्छ भन्ने सुनेपछि यो खेती सुरु गरको हुँ ।” पुस्तौँदेखि मकै र आलुको खेती गर्दै आएका किसानले अहिले किवीबाट राम्रो फाइदा लिएको उनी बताउँछन्।

    राम्रो आन्दानी हुने भएकाले युवाहरुलाई विदेश जानभन्दा गाउँघरमै किवी खेतीमा लाग्न उनको सुझाव छ। “युवाहरु दिनदिनै विदेशिने क्रम बढेकाले गाउँघरका जग्गाजमिनहरु बाझिन थालेका छन्”, उनले भने, “बाँझो जग्गाजमिनको सदुपयोग गरी कृषि व्यवसायमा सञ्चालन गरी गाउँमै स्वरोजगार बन्न सकिन्छ।”राईले यो वर्षदेखि अलैँची खेती समेत सुरु गरेका छन्। उनले यसवर्ष सात हजार अलैँचीको बिरुवा रोपेका छन् । राई २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।राई निर्वाचिन नहुँदै उनको फार्मलाई इलाममा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०७८/०७९ मा रु एक लाख ५० हजार अनुदान दिएको थियो ।

    images
    images

    परियोजनाको रु एक लाख ५० हजार र फार्मको रु एक लाख ५० हजार गरी रु तीन लाखको कार्यक्रमबाट किवी खेतीका लागि राहत मिलेको राईले बताए।किवी एक लहरा प्रजातिको बहुवर्षे बाली हो। किवी १२०० देखि २४०० मिटरको उचाइसम्म लगाउन सकिन्छ । गर्मीको समयमा ३५ डिग्री सेल्सियसभन्दा तापक्रम बढी नभएको शरद (असोज, कात्तिक) र वसन्त (चैत, वैशाख) मा बाक्लो तुसारो नपर्ने वातावारणमा किवी फस्टाउँछ।यो फल पोसिलो र औषधिय गुण भएकाले यसलाई ‘फलहरुको राजा’ भनिन्छ । किवी नियमित खानाले पाचन प्रणाली र मधुमेह नियन्त्रण हुने विश्वास छ। किवीबाट जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम र अन्य परिकार बनाउन सकिन्छ।इलामको सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिका, देउमाई नगरपालिकाका माथिल्लो क्षेत्रका किसानले परम्परागत खेती छाडेर व्यावसायिक किवी खेती गर्दै आएका छन्। एकपटक लगाएपछि पुनः पटकपटक दुःख गर्नु नपर्ने, बजारको खासै समस्या नहुनहुने, अन्य खेतीभन्दा राम्रो फाइदा लिन सकिने भएकाले किवी खेतीतर्फ किसानको आकर्षण बढेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend