images

२०८३ आश्विन २ गते

images
images
images

कालिका लघुवित्तले माग्यो डीसीईओ

कालिका लघुवित्तले माग्यो डीसीईओ

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ ।  कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

    images
    images

    यसका लागि कुनै पनि विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम ३ वर्ष वरिष्ठ प्रबन्धक पदमा कार्य गरेको वा स्नातक वा सो सरहको उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम ५ वर्ष वरिष्ठ प्रबन्धक पदमा काम गरेको हुनु् पर्नेछ । उमेरको हदमा दरखास्त दिने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा ५० वर्ष ननाघेको हुनु पर्नेछ । तर कम्पनीको बहालवाला कर्मचारीलाई भने उमेर हद लाग्ने छैन ।तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित भदौ १७ गतेभित्र पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालय वा इमेल ठेगानामा दरखास्त फाराम पठाउनु पर्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend